सुशासन, पारदर्शिता र जबाफदेहिताप्रति चनाखो भएर अघि बढ्छु: भिम प्रसाद न्यौपाने

बनेपा ।यही वैशाख ३० गते शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तर्फबाट मेयरको उम्मेदवार भीम प्रसाद न्यौपाने ।

न्यौपाने पनौती नगरबासी बीच परिचित एवं नगरबासीका प्रिय उम्मेद्वार हुन् । नेपाली कम्युनिस्ट राजनीतिमा सक्रिय हुँदै संघीयतालाई फलाउने, फुलाउने पनौती नगरबासीका सेवक न्यौपाने जनताको सेवक बनेर जनतासँग सदैव साथमा रहने एक आर्दशवादी नेता हुन् ।

पनौती नगर प्रमुखका उम्मेद्वारको रुपमा उम्मेद्वार दिएका न्यौपानेलाई काभ्रेपलाञ्चोक जिल्लाले नै असर अभिभावकको रुपमा हेर्छ । सालिन व्यक्तित्व, भद्र स्वभाव, स्पष्ट बोली र विविध क्षेत्रको नेतृत्वदायी पात्रका रूपमा न्यौैपाने पनौतीबासीका आँखा अगाडि झुल्किरहेको हुन्छन् ।

पनौती नगरबासीका गोठगोठमा पुगेर भैसी प्रवर्धन कार्यदेखि स्थानीयको सुखदुःखमा जहिल्यै आफ्नो सहभागिता जनाउने उनी सबैको प्रिय छन् । फरक राजनीतिक विचार राख्नेहरु पनि प्रमुखका उम्मेद्वार न्यौपानेको मुक्तकण्ठले प्रशंसा गर्दछन् ।

२०७४ को स्थानीय चुनवाबाट न्यौपानेले नगरमा विकास जग बसालिसकेका छन् । पाँच बर्ष पनौती नगरपालिकाको नेतृत्वमा उनले कहिल्यै आफ्नो र अर्काको भनेर भेदभाव गरेनन् । सबैलाई आफ्नो परिवारको रुपमा हेरे ।

नगरबासी सबैलाई समान तवरले व्यवहार र विकास निर्माण क्षेत्रमा जग बसाउँदा बसाउँदै पाँच वर्षे कार्यकाल सकिएपछि त्यसलाई पूर्णता दिन उहाँको कार्यकाल दोहोरिएको हो । काभ्रेपलाञ्चोक जिल्लाको सुन्दर नगर पनौतीका मेयर न्यौपाने सहज, नरम रहेको नगरबासीहरु बताउँछन् । सत्य बोल्ने, भष्ट्राचारको दुर्गन्धबाट टाढा रहेका मेयरका उम्मेद्वार न्यौपाने भन्छन् मेरो अवगुणले मेरो दैनिक जीवनमा अप्ठारो पार्छ होला । सामाजिक र धार्मिक कार्यमा खामभरि पैसा दिन सक्दिन होला । तर मनभरि सन्तुष्टि छ ।

भिम न्यौपाने, इमान्दारिताका पर्याय, पाँच बर्षमा सयौं उदाहरणीय काम गरेर लोकप्रिय जननेता बने । संघीयता कार्यान्वयनमा स्थानीय तहको भुमिका कस्तो हुन्छ । स्थानीय तहले चाहेमा कसरी विकास गर्न सक्छ भन्ने उदाहरण उहाँले पाँच बर्षमा पूरा गरे । सादा जीवन सामान्य पोशाक अनि सरलीकृत जीवनशैलीका धनी न्यौपाने ७५३ स्थानीय तहका एक उदाहरण हुन् ।

पनौती नगरपालिकाका पूर्व मेयर भीम न्यौपाने जसले पनौतीको जनताको सधै साथ पाए । उनले पाँच बर्षे नगरपालिकाको कार्यकाल सहजरुपमा बिताए । पनौती नगरपालिका १ देखि १२ वडामा विभेद कहिल्यै गरेनन् । पुनः जनताबाट अनुमोदित हुन मेयर पदमा उम्मेदबारी दिए ।

जुन नगर कृषि, पशुपालन र साँस्कृतिक सम्पदा अथक रहेको नगरको रुपमा जिल्लामा छुट्टै पहिचान रहेको छ । न्यौपानेको पाँचबर्षे कार्यकालमा धेरै कुरामा परिवर्तन भएको नगरबासीहरु बताउँछन् । कृषि, पशुपालन र पर्यटन क्षेत्रमा बिकाससंगै पुरानो जात्रै जात्रा हुने सहर पनौतीको विकासको लागि न्यौपानेको ठूलो योगदान रहेको देखिन्छ । कुनै पनि नगर विकासको लागि मिसन र भिजन चाहिन्छ भन्ने एक उदाहरण हुनुहुन्छ न्यौपाने ।

मेयर न्यौपानेको कार्यकालमा नगरका धेरै जसो वर्षौदेखि अलपत्र परेका आयोजनाहरुले गति लिए । भूकम्पपछिको पुनः निर्माणले आफ्नो गन्तव्य पूरा ग¥यो, शिक्षा स्वास्थ्य, कृषि, पर्या–पर्यटनको क्षेत्रमा उल्लेख्य परिवर्तन भए, प्राकृतिक सम्पदा, मठमन्दिर, पाटी पौवा, गुम्बा, ऐतिहासिक पोखरी, पुराना धारा, चोक लगायत हाम्रा सांस्कृतिक सम्पदाले संरक्षण गर्न महत्वपूर्ण भूमिका खेले ।

नगरका जनताको आर्थिक सामाजिक रुपान्तरणका लागि शैक्षिक क्षेत्रमा एउटा क्रान्ति न्यौपानेको कार्यकालमा भएको देखिन्छ । मदन भण्डारी प्रौऔद्योगिक विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन सम्पन्न भयो ।

पनौतीका अधिकांश विद्यालयहरुको सुविधा सम्पन्न भौतिकपूर्वाधार सहित पुनः निर्माण कार्य सकिएको छ । अधिकांश विद्यालयहरुमा प्रविधि सहितको आइटि ल्याव स्थापनामा जोड दिइएको छ ।

निर्वाचनमा केही नपाएर न्यौपानेको पालामा केही भएन भनेर गलत प्रचार गर्ने प्रयास भइरहेका छन् । तर न्यौपानेले आफ्नो हिसाबले काम गरिरहेका छन् । आलोचना सुन्न रुचाउने न्यौपाने आफ्ना गल्ति भनिदिन आग्रह गर्छन् । ताकी आफ्ना कमीकमजोरी भए त्यसलाई सुधार गरी अगाडि बढ्न सकियोस् नगरबासीको सेवामा अनवरत लाग्न सकियोस् ।

पाँच बर्षको कार्यकालमा पनौती नगरपालिका बालमैत्री नगर घोषणामात्रै भएन नेपालकै पहिलो मानव अधिकार तथा न्याय मैत्री स्थानीय तह बन्यो । पूर्ण साक्षर नगर घोषणा भएको पनौतीलाई उहाँकै कार्यकालमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरियो । खुल्ला दिशामुक्त क्षेत्र घोषणामा मात्रै उनी रोकिएनन् । कृषि पकेट क्षेत्र घोषणा गरेर कृषकको आम्दानी बढाउने प्रयासमा पनि पनौती काम भएको छ ।

ऐतिहासिक नगर पनौती क्षेत्रलाई बिश्व सम्पदामा सूचिकृतको लागि पहल गरेका उनले पर्यटक भित्राउन चरा संरक्षण क्षेत्र घोषणा गरे ।

घर घरमै पुगेर गरिब जनताको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरे ।

गरिब नागरिकको निःशुल्क बिजुलीको पैसा तिर्ने कार्यको सुरुवात गरे ।

एकल महिलालाई मासिक भत्ता दिन थाले ।

जिल्लाकै बनेपा र धुलिखेलमा पुण्यमाता खोलाले बितण्डा मच्चाउँछ तर पनौतीमा त्यस प्रकारको क्षति कम हुन्छ । त्यो कार्यको योजना न्यौपानेको नेतृत्वमा नै सफल भएको हो ।

गम्भीर प्रकृतिका रोग लागेका नगरवासीलाई आर्थिक सहयोग गर्दै कोरोनाबाट मृत्यु भएका नागरिकलाई काज किरिया खर्चको व्यवस्था गरे । नगर अस्पतालको लागि जग्गा व्यवस्थापन गरे । बर्षौदेखिको विवादमा रहेको रंगशालाको जग्गा व्यवस्थापन गरेर उदाहरणीय बने ।

पनौती, बनेपा, पनौती कुशादेवी सडकमा पहलकदमी लिई विस्तारसहित कालोपत्रे र खोपासी सडक विस्तारमा योगदान दिए । सडक भएर पनि राष्ट्रिय, क्षेत्रीय राजमार्गमा नपरेको पनौती सडकलाई क्षेत्रीय सडकको रुपमा दर्ज गराए । अनि कालोपत्र गरे ।

सुन्थान नमोबुद्ध सडक विस्तारसहित कालोपत्रे गर्न पूर्वाधार तयारी, बाल संरक्षण केन्द्र भवनको निर्माण अन्तिम चरणमा पुऱ्याउनुभयो । पनौतीमा दुईवटा सहिद पार्कको निर्माण सम्पन्नतर्फ उन्मुख भएका छन् । प्याराग्लाईडिङ तालिम र उडानमा सफलता हासिल भएको छ ।

पशुपंक्षीका क्षेत्रमा उल्लेख्य उपलब्धि आकर्षक र चासो (भैसी प्रवद्र्धन, पशु बीमा, पाडापाडी जन्म दर्ता, भैँसी सुत्केरी भत्ता) दिनुभयो । जसको अनुशरण नेपालका ७० भन्दा धेरै पालिकाले अहिले गरिरहेका छन् ।

न्यौपानेले तीन महिनाभित्र विशेषज्ञ सेवासहित नगर अस्पताल सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । पनौतीमा निर्माणाधीन २५ शैयाको नगर अस्पताल आवश्यक जनशक्ति, औषधि, यन्त्र, उपकरण, प्रयोगशाला तथा विशेषज्ञ सेवा सहित तीनमहिनाभित्र सञ्चालनमा ल्याइने वताए ।

सबै नगरवासीको स्वास्थ्य बीमा गरिने समेत नगरप्रमुख न्यौपानेको रहेको छ । यसअघि नगरपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएर नगरबासी रकम अभावकै कारण स्वास्थ सेवा लिनबाट बञ्चित हुन नपर्ने बनाएका छन् । नगरप्रमुखका उम्मेदवार  न्यौपानेसँग आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा गरिएको कुराकानीको सारसंक्षेपः

  • तपाईको उम्मेदबारी किन?

म एउटा भुइँमान्छे हुँ । म यहींको माटोसँग खेलें । माटोसँगै हुर्किएँ । यहाँका जरा, बुट्टा, खोलानालासँग परिचित भएँ ।

सबै जातजाति, धर्म, संस्कृति, परम्परा, सम्प्रदायलगायत सबैखाले मान्छेसँग घुलमिल हुन पाएँ ।

सबैसँगको सम्बन्ध प्रगाढ बन्यो । सबैले अहिलेसम्म गर्नुभएको माया मेरो उम्मेदवारीको आधार हो । अघिल्लो पटक मलाई माया गर्नुभयो । विश्वास गर्नुभयो । त्यसको जग बसालिसकेको छु ।त्यसलाई मुर्त रुप दिनका लागि उम्मेदबारी दिएको छु ।

पनौतीको माटोले के मागिरहेको छ भन्ने पनि मैले स्पष्ट बुझ्न पाएको छु । पनौती नगरका सबै ठाउँ मेरो घर हो । प्रत्येक घरमा एक अम्खोरा भएपनि पानी पिएको छु । सँगै बसेर एक मुठ्ठी मकै खाएको छु ।

त्यसैले त्यहाँका समस्या के हुन्, आवश्यकता र अवसर के हन् भन्ने मलाई थाहा छ । २०७४ सालमा हाम्रो नगरमा मेरो नेतृत्वमा रहेको जनप्रतिनिधिको टिमले नगरको एउटा मार्गचित्र कोरेको छ ।

त्यसबेला नगरमा विकास–निर्माणको जुन मोडालिटी अघि सारिएको छ, त्यसले चाहँदा त विकास हुँदोरहेछ भन्ने मानिसलाई आशा जगाएको छ । म त्यसैलाई निरन्तरता दिन्छु र थप नयाँ अवधारणामा काम गर्छु । जित्ने विश्वासमा छु ।

  • नगरका सम्भावना उजागर गर्न कस्ता योजना र कार्यक्रम ल्याउनु भएको छ?

पाँच बर्षमा पनौती कस्तो हुनुपर्छ भन्ने उदाहरण देखाउनेछु । संघीयताको सफल मोडल कार्यान्वयन भएको स्थानीय तहको रुपमा पनौती नगरपालिका पर्ने भएकाले मैले लिखित प्रतिबद्धता पत्रमार्फत् नै आफ्नो र पार्टीको योजना सार्वजनिक गरेको छु ।
अरु नगरपालिकाको मेयरको कार्यकक्षमा सेवाग्राहीले लाइन लागेर कुर्नु परेको समाचार आए । मैले कुनै दिन सेवाग्राहीलाई पनौतीमा आएर कुर्ने बनाईन । मेयरलाई कुनै कार्यक्रममा बोलाउन अनेकौं बिन्ती चढाउनुपर्छ म त आफै गाउँमा ढिडो खान बोलाउनुस् न भन्ने मेयर हो । हामीले सबै जनताको हात हातमा सो घोषणापत्र पु¥याएका छौ । संचारमाध्यममा प्रकाशन गरेका छौँ । सोही अनुसार काम गर्छौ ।

  • तपाईले ल्याउनु भएका योजना कार्यान्वयनमा चुनौती चाहिँ छन् कि छैनन्?

चुनौती नहुने त कुरै भएन । जहाँ नयाँ काम गर्न खोजिन्छ, चुनौती ठडिइहाल्छन् । जब तपाई सपना देख्नु हुन्छ भने तपाई ब्युँझिनु पनि हुन्छ । ब्युँझिनु चाहिँ सपना टुट्नु हो । तर, मैले देखेको सपना निद्रामा देखेको होइन, ननिदाएका बेला देखेको हो । त्यसैले आएका चुनौती सामना गर्ने बलियो हिम्मत पनि छ । मैले आजसम्म यो नगरका नागरिकमा जति भिज्न सकेको छु, त्यो नै मेरो चुनौती सामना गर्ने बल हो ।

प्रत्येकजसो घरको पानी खाएको छु । सबैसँग जोडिएको छु । नागरिकको माग र आवश्यकता प्रायः स्वभाविक नै हुन्छन् ।

तिनलाई पूरा गर्न पनि समस्या हुँदैन । तर, नागरिकका आवश्यकता र समस्याको समाधान गर्ने तरिका चाहिँ अलि नपुगेको मलाई लाग्छ । त्यो तरिका पुग्यो भने चुनौती समाधान भइहाल्छन् । आवश्यक परे विज्ञको समेत सहयोग लिएर समस्या समाधानको मोडालिटी बनाइन्छ ।

स्थानीय तह तथा त्यसअन्तर्गतका कतिपय कार्यालय आर्थिक र राजनीतिक हिसाबले पनि आलोचित भइरहेका छन् ।

  • विभिन्न किसिमका विकृति देखिन थालेको चर्चा हुन्छ, यसलाई हटाउन कस्तो योजना बनाउनु भएको छ?

स्थानीय तह भनेको स्थानीय सरकार हो । २०७४ सालमा स्थानीय तह गठन हुँदा त्यो सरकार हिँड्ने स्पष्ट बाटो थिएन । कानुन, विधि, विधान आफैं बनाउनुपर्ने अवस्था थियो । तत्काल त्यो सरकारले आफू हिंड्ने बाटो (कानुन) बनायो । समय धेरै त्यहाँ गयो । त्यति हुँदा पनि नगरमा विकास–निर्माण सामाजिक सुधारका काम नभएका होइनन् । कतिपय अवस्थामा अनुगमनको कमी हुँदा विकृति देखिएका हुन सक्छन् । अब हामी हिंड्ने बाटो बनेको छ । त्यही बाटो भएर हामी नागरिकको घरदैलोसम्म पुग्न सक्ने भएका छौं । सुशासन, पारदर्शिता र जबाफदेहिताप्रति चनाखो भएर अघि बढ्न हामी सधैं चिन्तनशील छौं । अबको कार्यकाल भनेकै धेरैभन्दा धेरै नागरिको आवाज सुन्ने र समस्या समाधानमा केन्द्रित हुनेमा ढुक्क हुन आग्रह गर्दछु ।

  • स्थानीय सरकार सञ्चालन गर्ने एउटा मूल कडी आर्थिक स्रोतको व्यवस्थापन गर्नसक्नु हो । त्यसको ठोस योजना के छ?

आर्थिक स्रोतको व्यवस्थापन सरकार सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण पाटो हो । सरकार सञ्चालनको मेरुदण्ड नै हो । स्रोत नहुँदा चल्न सकिदैन । स्थानीय सरकार सञ्चालनका लागि केन्द्रबाट आउने स्रोतको मात्रै भर पर्ने अवस्था छैन । हामीले कुनै न कुनै सिर्जनशील काम गर्नेपर्ने हुन्छ । नगरको आर्थिक स्रोतका प्रकार अध्ययन गर्नेछौं । जुन आवश्यक छ, त्यसको जिम्मेवारी मात्र नागरिकलाई दिनेछौं । नागरिकलाई करको भारबाट बचाउन वैकल्पिक स्रोत व्यवस्थापन गर्नु आवश्यक छ । वैकल्पिक स्रोत खोजेर भए पनि नागरिकलाई भारी करबाट चाहिँ मुक्ति दिनु मेरो कर्तव्य हो । अहिलेको आवश्यकता पनि हो । करको दर नभई दायरा फराकिलो बनाउन सकिन्छ । तर, म फेरि भन्छु, करको वैकल्पिक स्रोत खोजेर भए पनि उच्च दरको कर घटाउने र अनावश्यक कर हटाउने योजना चाहिँ छ ।

  • २०७४ सालको स्थानीय तह निर्वाचन हुँदा ‘गाउँ–गाउँमा सिंहदरबार’ आएको चर्चा धेरै चल्यो । नेपालको संविधान (२०७२) को मर्मअनुसारको काम र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को यात्रा बितेको ५ वर्षमा स्थानीय तहले कति प्रतिशत पार गरेका ठान्नु हुन्छ?

संघीयताको कारणले अधिकार विकेन्द्रित भएको साँचो हो । सिंहदरबार गाउँ आएको पनि हो ।

नागरिकले गाउँमै, टोलमै र घर घरमै अधिकार पाउने भएकाले प्रतीकात्मक रूपमा सिंहदरबार गाउँ त आएकै हो । तर, सिंहदरबारलाई सिंहदबारका रूपमा बनाउन पनि त स्थानीय तहले काम गर्न बाँकी नै थियो नि !

कानुन, प्रक्रिया, पद्धति निर्माण गर्दागर्दै धेरै समय बितेको छ । यसबीचमा ‘दरबार’ चाहिँ उतै रह्यो, ‘सिंह’ मात्रै गाउँ आए भन्ने आलोचना पनि भयो ।

अबको अवस्था त्यस्तो छैन, अधिकार स्थापित गर्ने बाटो बनेको छ । हामी नागरिकका अधिकार नागरिकसम्म नै अवश्य पुर्याउने छौं । यो मेरो प्रतिबद्धता हो । समृद्ध नेपाल सुखी नेपालीको यात्रा उपलब्धिलाई मैले प्रतिशतमा ढालेर विश्लेषण गर्नु अन्याय हुन्छ । समग्रमा विकास, परिवर्तन भएको छ ।

असीमित आवश्यकतालाई सीमित स्रोत–साधनले धान्नु चुनौतीपूर्ण छ । तर, व्यवस्थापनका सही तरिका अपनाइयो भने समाधान हुन्छन् । तत्काल परिवर्तन, रुपान्तरणको आम अपेक्षा स्वभाविक पनि हो ।

अहिले विश्वव्यापीकरणले संसारका परिर्वतन हामी एकैछिनमा देख्न, सुन्न र अनुभूत गर्न सक्छौं । यो सन्दर्भमा नेपालको,  माटोसँग मिल्दो परिवर्तन यात्रालाई सुहाउँदो गति दिनलाई केहीले छेक्छ जस्तो चाहिँ लाग्दैन ।

सर्वसाधारणका कतिपय काम प्रत्यक्ष र वास्तविक रूपमा सत्य भएको आँखाले देख्दा देख्दै पनि कागजले अड्काउने समस्याले सेवाग्राही आजित भएको देख्छु मैले देखेको छु । कमसेकम पनि त्यस्ता सेवाग्राहीलाई न्याय दिनु मेरो प्राथमिकता हुनेछ । जब भुइँमान्छे मुस्कुराउँछन्, हाँस्छन् र खुुशी हुन्छन् । समृद्धि त्यही हो । समृद्धि त्यहींबाट उदाउने हो ।

पनौती नगरपालिकाका लागि आउँदो ५ वर्षको मेरो बिहान उठेपछि देखेको सपना हो । त्यसैले त्यो सपना पूरा गर्न दृढ संकल्प गर्दछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.