पनौती ४ को वडा अध्यक्षमा दिपक दाहाल निर्वाचित

पनौती । पनौती नगरपालिका वडा नं. ४ को वडाध्यक्षमा दिपक प्रसाद दाहाल निर्वाचित हुनुभएको छ । दाहाल नेकपा (एमाले) बाट वडाध्यक्ष पदका लागि चुनावमा होमिनुभएको थियो ।

दाहालसँगै पनौती नगरपालिका वडा नं. ४ को सिंगो कमिटी नै नेकपा एमालेको तर्फबाट निर्वाचित भएको छ ।

 

जनताको अपार साथका कारण आफू विजयी भएको पनौती नगरपालिका वडा नं.४ का नवनिर्वाचित अध्यक्ष दाहालको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.