कान्तिबाल अस्पतालमा चौधरी फाउण्डेसनको सहयोग

काठमाण्डौं । चौधरी फाउण्डेसनले काठमाडौंको कान्तिबाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ निर्माण गरी अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको छ।
अस्पतालमा आयोजित एक कार्यक्रमका बिच राज्यमन्त्री उमेश श्रेष्ठले उक्त आकस्मिक कक्षको उद्घाटन गरेका थिए ।
राज्यमन्त्री श्रेष्ठले चौधरी ग्रुपले सर्वसाधारण नागरिकले सुलभ स्वास्थपोचार सेवा पाउन अस्पताललाई सहयोग गरेकोमा धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तो सहयोग जारी रहने अपेक्षा आफूले राखेको बताए ।
फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले अस्पतालका निर्देशक प्रा डा युवनिधि बसौलालाई वार्ड हस्तान्तरण गरेका थिए ।उपाध्यक्ष चौधरीले मुलुककै जेठो बाल अस्पतालको पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।
आउँदा दिनमा पनि फाउण्डेसनले अस्पतालको सेवाविस्तारमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए।चौधरी फाउण्डेसनले करिब २ करोड ५० लाख रूपैयाँ खर्च गरेर उक्त आकस्मिक कक्ष निर्माण गरेको हो ।
फाउण्डेसनले इमर्जेन्सी वार्डको पुनर्संरचना गर्दै १८ अत्याधुनिक विद्युतीय शैयासहित २५ शैया, २५ मनिटर, २५ इन्फ्युजन पम्प, २५ सिरिञ्ज पम्प, १४ रेडियन्ट वार्मर, ५ बबलसिप्याप मेसिन, २ इमरजेन्सी ट्रली, २ फोटोथेरापी युनिट, २ लिक्युड वामर, इसिजी मेसिन, पोर्टेबल कलर डोप्लर, हाइड्रोलिक सर्जिकल टेबल, ट्रान्सपोर्ट इन्क्युवेटर लगायतका सामग्री पनि उपलब्ध गराएको थियो।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.