आज भलिबल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डौं । आज देशैभर राष्ट्रिय भलिबल दिवस मनाइँदै छ । राष्ट्रिय खेल भलिबल घोषणा भएको आज पाँच वर्ष पुगेको छ ।

भलिबल दिवसकै अवसर पारेर आज जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले खेलकुद पत्रकारसहित भलिबलमा क्रियाशिल ब्यक्तिबीच मैत्रीपूर्ण खेल आयोजना गर्दै भलिबल दिवस मनाउने जनाएको छ ।

२०७४ साल जेठ ८ गते नेपालको राष्ट्रिय खेल भलिबल घोषणा भए यता आजको दिनलाई देशैभरि भलिबल दिवसको रुपमा मनाउने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.