आईपीएल क्रिकेटमा आज हैदरावाद र पञ्जाब खेल्दै

काठमाण्डौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज पनि एक मात्रै खेल हुने भएको छ । लिग अन्तर्गत आज सनराइजर्स हैदरावाद र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।

यो खेल वान्खेडे स्टेडियममा राति पौने ८ बजे सुरु हुनेछ । गएराति भएको खेलमा मुम्बई इन्डियन्सले जित हात पारेको थियो ।

दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले जित हात पारेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गर्ने मौका पाएको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.