खल्तीबाट रिचार्ज गर्दा ५० रुपैयाँमा वनप्लस १० प्रो जित्ने मौका

काठमाडौं । खल्ती डिजिटल वालेटले नयाँ योजना ल्याएको छ । जसअन्तर्गत खल्तीबाट कुनै पनि नम्बरमा ५० रूपैयाँ रिचार्ज गर्दा एक भाग्यशाली ग्राहकले वनप्लस १० प्रो जित्नसक्ने कम्पनीले जनाएको छ ।

जेठ २१ सम्म चल्ने यो योजनामा खल्तीका केवाईसी भेरिफाइड ग्राहक सहभागी हुनसक्ने छन् ।

योजनामा सहभागी हुन प्रयोगकर्ताहरूले आफ्नो खल्ती एपको फिचर्ड सर्भिसमा गइ ‘खल्तीमा वानप्लस १० प्रो’ मा क्लिक गरी आवश्यक निर्देशन अनुसार आफ्नो जुनसुकै नेटवर्कको मोबाइलमा रिचार्ज गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.