खानेतेलको मूल्य आकाश छुँदै

काठमाण्डौं । खानेतेलको मूल्य पछिल्लो समय निकै बढेको छ । पछिल्लो १ वर्षमा यसको भाउ दोब्बर भन्दा ज्यादा वृद्धि भएको छ । पछिल्लो समय खानेतेलको मूल्य ५० रुपैयाँले वृद्धि भएको छ ।

रुस युक्रेन युद्धको नाममा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै खानेतेलको वृद्धिदर निरन्तर उकालो लागि नै रहेको छ ।

 

यसरी दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिको सरकारी नियमन संस्था कानमा तेल हालेर बसेका छन् । बजारमा भुटेको तोरी, काँचो तोरी, भटमास र सूर्यमूखीको तेल पाइन्छ।

अन्य तेलको तुलनामा सूर्यमुखी तेल बढी खपत हुन्छ। व्यवसायीले पनि सूर्यमूखी तेलको मूल्य ह्वात्तै बढाएका छन्।

स्थानीय तहको चुनावताका प्रतिलिटर तीन सय १० रूपैयाँमा बिक्री भएको सूर्यमूखी तेल चुनाव सकिएको एक सातामै प्रतिलिटर ५० रूपैयाँ बढेर ३ सय ६० रूपैयाँ पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.