खाना पकाउने ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाण्डौं। नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यास सहित आयातित इन्धनको मूल्य बढाएको छ ।

निगमले बढाएको मूल्य अनुसार अब एलपी ग्यास २ सय वृद्धि भइ प्रतिसिलिण्डर १८ सय रुपैयाँ पुगेको छ ।

त्यसैगरी अब पेट्रोल प्रति लिटर १८० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १६३, हवाई इन्धन १६६ रुपैयाँ पर्ने निगमले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको कारणले मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ । मूल्य वृद्धि पश्चात पनि १५ दिनको अन्तरालमा निगमलाई ३ अर्व ३५ करोड भन्दा धेरै घाटा हुने छ ।

निगमले विज्ञप्तिमा राष्ट्रिय ऊर्जा खपतलाई जोड दिन आग्रह गर्दै बाध्यकर परिस्थितिमा मूल्य वृद्धि गर्नुपरेकोमा त्यसबाट पर्नसक्ने असुविधाको लागि आम उपभोक्तासँग माफी मागेको छ ।

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.