पाँचखालको मेयरमा कांग्रेस, उपमेयरमा एमाले निर्वाचित

पाँचखाल । पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार सूर्यमाया दनुवार विजयी भएका छन् ।

अघिल्लो कार्यकाल मेयर चलाइसकेका खरेलले नेकपा एमालेका उम्मेदवार कञ्चन अधिकारीलाई पराजित गर्दै नगरप्रमुखमा पुनः निर्वाचित भएका हुन् । खरेलले १२ हजार ८ सय ३६ मत ल्याए भने अधिकारीले ८ हजार ११५ मत पाए । मेयर पदमा खरेल ४ हजार ७ सय २१ बढी मतले विजयी भएका हुन् ।

त्यस्तै नगर उप—प्रमुखमा नेकपा एमालेकी सूर्यमाया दनुवार ९ हजार ५३४ मत ल्याएर विजयी भइन् । उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार चेतप्रसाद गौतम (मणी) लाई ५२४ मत अन्तरले पराजित जित तय गर्न सफल भइन् ।

पाँचखालको मतपरिणामसँगै काभ्रेमा सबै पालिकाको मतपरिणाम आइसकेको छ । १३ स्थानीय तह रहेका काभ्रेका पालिका प्रमुखहरूमा ७ पालिकामा कांग्रेस र ४ पालिकामा माओवादी केन्द्र विजयी भएका छन् । नेकपा एमाले र एकीकृत समाजवादीले १|१ पालिका प्रमुख जितेका छन् ।

त्यसैगरी उपप्रमुखमा एमालेले ३ सिट, माओवादी केन्द्रले ४ सिट, नेपाली कांग्रसले ६ सिट जितेका छन् भने एकीकृत समाजवादीले कुनै पनि सिट हाँसिल गर्न सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.