स्मार्ट बन्न नसकेको मतदान प्रणाली

देशभर गत वैशाख ३० मा ७५३ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । एकाथ स्थानहरु बाहेक सबै तहहरुमा निर्वाचन सम्पन्न भयो तर पुरानै प्रविधि र पुरानै शैलीमा मत गणना कार्य जारी छ ।

जिल्लाको हकमा अन्तिम नतिजा आइसकेपनि देशका महानगरहरूमा मतगणना कार्य भइ नै रहेको छ । अहिलेको जमानामा पनि भोट गणना गर्न महिनौं दिन लाग्ने अवस्था कति जायज हो ?

विद्युतीय मतदान प्रणाली अपनाएर छिटो भन्दा छिटो नतिजा सार्वजनिक गर्न सकिने प्रविधि धेरै राष्ट्रहरुले अपनाई सकेका छन् । हामीकोमा प्रविधिलाई स्मार्ट बनाउन नसक्दा निर्वाचन परिणाम प्राप्त गर्नलाई नै हप्तौँ कुर्नुपर्ने बाध्यता देखिन्छ ।

मतगणना विलम्ब हुँदा उम्मेद्वार, दलका नेता, तथा कार्यकर्ताहरुमा कौतुहलता बढेको देखिन्छ । समयमै मत परिणाम प्राप्त नहुनु, मत गणनामै लामो समय खर्च हुँदा प्रायः सरकारी कार्यालयको कामकाज नै ठप्प छन् ।

निर्वाचन आयोगले अबका दिनमा निर्वाचन प्रणालीलाई विद्युतीय मतदान प्रणालीमा रुपान्तर गर्नुपर्दछ ।

छिटो, छरितो र प्रविधिमैत्री निर्वाचन प्रणाली नअपनाएर पुरानै प्रणाली अपनाउनु समयको खर्च र आर्थिक रुपमा पनि महँगो देखिदै आएको छ । तसर्थ अबका दिनमा निर्वाचन आयोगलाई स्रोत, साधन र प्रविधिमा सम्पन्न बनाउँदै निर्वाचनलाई विद्युतीय प्रणालीमा रुपान्तरण गर्न आवश्यक छ ।

अब हुने संघ र प्रदेशको चुनावमा विद्युतीय मतदान प्रणालीमा निर्वाचन आयोग जान सक्नुपर्दछ । निर्वाचनलाई छिटो छरितो र स्मार्ट बनाउँदै लैजानु निर्वाचन आयोगको कर्तव्य पनि हो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.