काठमाण्डौं महानगरपालिकाको नगरप्रमुखमा बालेन विजयी

काठमाडौं। काठमाण्डौं महानगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदै गर्दा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह उर्फ बालेन विजयी भएका छन् ।

मतपरिणाम गन्दै गर्दा बुधबार जित सुनिश्चित हुने देखिएपछि उनले बुधबार सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूहरूको अबको यात्रा काठमाडौँको मुहार फेर्नलाई भएकाले हातेमालो गर्न आह्वान गरेका थिए।

नवनिर्वाचित नगरप्रमुखमा बालेनले मुख्य राजनैतिक दलका मेयरका आकांक्षीभन्दा भन्दा फराकिलो (२३ हजार ४ सय २६) मतसन्तरले जित तय गरेका छन् । उनले ६१ हजार ७ सय ६७ मत प्राप्त गरे भने गठबन्धनकी साझा उम्मेद्वार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत प्राप्त गरिन् ।

त्यसैगरी नेकपा एमालेको तर्फबाट मेयरका आकांक्षी केशव स्थापितले तेस्रो स्थानमा उभ्याउँदै ३८ हजार १ सय १७ मत प्राप्त गरे भने अर्का स्वतन्त्र उम्मेद्वार सुमन सायमीले १३ हजार ७७० मत प्राप्त गरी चौथौ स्थानमा उभ्याएका छन् ।

यसैगरि नेकपा एमालेबाट उपमेयरकी उम्मेद्वार सुनिता डंगोल आफ्ना निकटतम् प्रतिद्वन्द्वी रामेश्वर श्रेष्ठ भन्दा झण्डै ३ गुणा मत ल्याई विजयी भएकी छिन् । उनले ६८ हजार ६ सय १२ मत प्राप्त गर्दै गर्दा गठबन्धन दलको तर्फबाट एकीकृत समाजवादीका उम्मेद्वार रामेश्वर श्रेष्ठले २३ हजार ८ सय ६ मत प्राप्त गरेका छन् ।

देशकै प्रमुख केन्द्र राजधानी काठमाण्डौ महानगरपालिकामा बालेन सहितको टिमले महानगरबासीको दैनिकीसँग जोडिने काम गर्ने अपेक्षा आम मतदाताको रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.