आईपीओ जारी गर्दै जनता टेलिभिजन

काठमाडौं । जनता टेलिभिजनको प्रसारण कम्पनी जनता प्रसारण तथा प्रकाशन लिमिटेडले सार्वजनिक शेयर (आइपीओ) जारी गर्ने भएको छ । लिमिटेडले निजी सञ्चारमाध्यमको तर्फबाट पहिलोपटक सार्वजनिक सेयर जारी गर्न लागेको हो ।

शेयर कारोबार र आइपीओ जारी गर्ने सम्बन्धमा बिहीवार जनता प्रसारण तथा प्रकाशन लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतापत्रमा जनता प्रसारण तथा प्रकाशन लिमिटेडको तर्फबाट सञ्चालक समिति अध्यक्ष डा. विजयकुमार पौडेल र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले जनता आइपीओमा गएसँगै नेपाली मिडियाको क्षेत्रमा नयाँ युगको शुरुवात हुने बताउनुभयो । यसले लगानीकर्ताहरुले व्यक्तिगत लाभ र उद्देश्य प्राप्तिका लागि मात्र मिडियामा लगानी गर्छन् भन्ने जनगुनासो को समेत अन्त्य हुने पौडेलको दाबी छ ।

जनता प्रसारण तथा प्रकाशन लिमिटेडले हाल जनता टेलिभिजन एचडी, रेडियो जनता ८९.१ मेगाहर्ज, जनता समाचार डटकम र जनता प्रकाशन सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.