युवा साकोसको तीन वर्षे रणनीति योजना निर्माण हुँदै

पोखरा । काभ्रेको बनेपा अवस्थित युवा बचत तथा ऋण सहकारीले ३ वर्षे योजना निर्माण कार्यक्रम गरिरहेको छ । नेपाल बचत तथा ऋण सहकारी संघको प्राविधिक सहयोगमा योजना निर्माण भइरहेको संस्थाले जनाएको छ ।

संस्थाका सचिव सरोज कुमार तिमल्सेनाको सभापतित्वमा आरम्भ भएको कार्यक्रम लेखा तथा सुपरीवेक्षण समितिका संयोजक विकास पन्तको संयोजनमा भइरहेको संस्थाले जनाएको छ । कार्यक्रममा बोल्दै संस्थाका सचिव तिमल्सेनाले कार्यक्रममा सिकेका कुराहरु उपलब्धिमूलक हुनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि संस्थाका अध्यक्ष उदयराम कायस्थले सबैजना मिलेर संस्थालाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

 

रणनीति योजना कार्यक्रममा सहजकर्ताद्वय भरत न्यौपाने र उमेश कोइराला उपस्थित छन् । पोखराको एक होटलमा भइरहेको कार्यक्रममा युवा साकोसको तर्फबाट सञ्चालक, उपसमिति र कर्मचारी सहित ३० जनाको उपस्थिति रहेको छ ।

 

रणनीति योजना निर्माण संस्थाका का.मु. व्यवस्थापक बिमल जाकिबञ्जारको पालामा निर्माण हुन लागेको हो । आफू व्यवस्थापककमो जिम्मेवारी सम्हालिरहेको अवस्थामा रणनीति निर्माण हुनु गर्वको विषय भएको जाकिबञ्जारको भनाई छ ।

आज (जेठ १४) बाट सुरु भएको तीन दिने कार्यक्रम पर्सि १६ गते समाप्त संस्थाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.