नेपाल बिधुत प्राधिकरणले आईपीओ ल्याउने

काठमाडौं । नेपाल बिधुत प्राधिकरणले आईपीओ प्राथमिक सेयर जारी गरिने अर्थमन्त्री जर्नादन शर्माले बताएका छन । आज आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पेश गर्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो बताएका हुन्।

सरकारले प्रिमियम मूल्यमा सर्वसाधारणलाई बिधुत प्राधिकरणको सेयर बिक्री गर्ने भएको हो । आज बजेट प्रस्तुत गर्दै प्राधिकरणको क्रेडिट रेटिङ भइसकेको मन्त्री शर्माले जनाएका हुन । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरेको हो।

प्राधिकरणको करपछिको नाफा कुल ८ अर्ब रुपैयाँ छ । प्राधिकरणले बिधुत बिक्रीबाट ७१ अर्ब रुपैयाँ र अन्यबाट १० अर्ब रुपैयाँ गरी कुल ८१ अर्ब रुपैयाँ आम्दानी गरेको छ । नेपाल बिधुत प्राधिकरणमा सरकारको पूर्ण लगानी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.