नेपाली अभिनेता बिपिन कार्की अब बलिउडमा

बनेपा । चर्चित एवं बहुप्रतिभाशाली अभिनेता विपिन कार्की भारतीय चलचित्र ‘एनिमल’मा देखिने भएका छन् । उनले अभिनय गर्ने विषय लामो समयदेखि विषय बनेसँगै अन्तत: सत्य साबित भएको छ ।

उक्त वलिउड चलचित्रमा अनिल कपुर, रणविर कपुर, रस्मिका मण्डना, बबी देओल, परिनिति चोपरा लगायतका चर्चित बलिउड कलाकारसँगै कार्की पनि मुख्य भूमिकामा देखिने छन् ।

बिपिन नेपाली कलिउडका पछिल्लो समय चर्चित कलाकार हुन् । उनले पशुपतिप्रसाद, जात्रा, कालो पोथी, सेल्फी किङ्ग लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

कार्की अभिनयको तयारीको लागि छिट्टै भारत जादैछन् । एनिमल सौरभ गुप्ताले लेखेका चलचित्रलाई कबिर सिंहका निर्देशक सन्दिप रेड्डीले निर्देशन गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.