मण्डनदेउपुर नगरपालिका आइतबार पनि खुला

मण्डनदेउपुर । मण्डनदेउपुर नगरपालिकामा आइतबार सार्वजनिक बिदा नहुने भएको छ ।

संघीय सरकारले परीक्षणको रुपमा यही जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर नगरपालिकाले एक सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा नहुने जानकारी गराएको हो ।

सूचना अनुसार नगरपालिकाले नगरकार्यपालिकाको कार्यालय र नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरुमा आइतबार सार्वजनिक बिदा कार्यान्वयन नगर्न भनिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. लोक बहादुर लोप्चनका अनुसार नगरपालिका तथा नगरपालिका मातहतका निकायले हप्ताको एक दिन शनिबार मात्र सार्वजनिक बिदा पाउने र आइतबार देखि शुक्रबार कार्यालय समयमै कार्यालय सञ्चालन हुने जानकारी गराउनुभएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.