बागमती प्रदेश र केयुबिच मल कारखाना खोल्न सम्झौता

हेटौँडा । बागमती प्रदेशमा मल कारखाना स्थापना गर्ने सम्झौता भएको छ । बागमती प्रदेश र काठमाण्डौ विश्वविद्यालयबिच विस्तृत आयोजना प्रतिवेदनका लागि सम्झौता भएको हो ।

बागमती प्रदेशको राजधानी हेटौँडामा बागमती प्रदेश सरकार एवं काठमाण्डौ विश्वविद्यालयले विस्तृत अयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न सम्झौता गरेका छन् । डिपिआर गर्नका लागि बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी मन्त्रालयले काठमाडौँ विश्वविद्यालयलाई २० लाख रुपैयाँ यही आर्थिक वर्षभित्र प्रदान गर्नेछ ।

काठमाण्डौ विश्वविद्यालयले कारखानाको क्षमता, लागत, प्रविधि, कारखाना राख्ने ठाउँ सहितको अध्ययन गर्नेछ । सम्झदारी कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाई, कृषि तथा पशुपंक्षी विकास राज्य मन्त्री तामाङ, सचिव डा. शरण पाण्डे लगायतका प्रतिनिधि सहभागी थिए भने केयुको तर्फबाट उपकुलपति प्राध्यापक डाक्टर भोला थापा, ग्रीन हाइड्रोजन ल्याबका प्रमुख प्राध्यापक डाक्टर विराज सिं थापा, प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामा, वातावरण ईन्जिनियर लक्ष्मण लामा रहेका थिए ।

कृषि तथा पशुपंक्षी मन्त्री हुमागाईंले मन्त्री भए लगत्तै नेपालमै रसायनिक मल कारखाना खोल्ने धारण राख्दै आएका थिए । मन्त्री हुमागाईकै पहल र समन्वयमा यस अघि मल कारखाना खोल्ने बारे हेटौंडामै छलफल भएको थियो । केयुसंगको सम्झदारीले कृषि मन्त्रीको योजना अगाडि बढेको छ । केयुले एक वर्षभित्र मल कारखानाको बिस्तृत प्रतिवेदन बागमती प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई बुझाउने केयु प्रतिनिधिले जनाएको छन् । मन्त्रालयले खोजको लागि केयुलाई थप ३० लाख रुपैयाँ समेत उपलब्ध गराउने जनाएको छ । २०८१ सालभित्र विस्तृत अयोजना प्रतिवेदन पूरा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.