नेपाल टेलिकमले घटायो इन्टरनेटको मूल्य

काठमाडौं । नेपाल टेलिकमले लिज लाइनको महसुल दर घटाएको छ । गत असार १ गतेदेखि लागू हुनेगरी कम्पनीले इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको जानकारी दिएको छ ।

इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर पहिले २५ सय रुपैयाँ रहेकोमा अब १६ सय रुपैयाँमात्र हुने कम्पनीले जनाएको छ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महसुल दर पनि २३ सय रुपैयाँबाट घटाएर १६ सय रुपैयाँ कायम गरिएको छ ।

५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल क्रमशः रु. २१ सय रुपैयाँ र १९ सय रुपैयाँ रहेकोमा अब दुवैको महसुल दर १५ सय रुपैयाँ कायम गरिएको छ । इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महसुल २७ सय रुपैयाँ रहेकोमा अब रु. २४ सय रुपैयाँ काम गरिएको छ । त्यस्तै ११ देखि १०० एमबीपीएसको २४ सय रुपैयाँ रहेकोमा अब २१ सय रुपैयाँ र १०० एमबीपीएसभन्दा बढीको रु. २१ सय रुपैयाँ रहेकोमा अब रु. १८ सय रुपैयाँ कायम गरिएको छ ।

टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । ‘यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैँ बराबर रहन्छ भने यो सेवा चौबिसै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहने टेलिकमले जनाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.