पनौतीमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान बनाउन सम्झौता

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा निर्माण हुन गईरहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको निर्माणको लागि भारतको अहलुवालिया कन्ट्रयाक्ट लि. — रोशन कन्स्ट्रक्सन प्रा‍.लि. र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच सम्झौता भएको छ ।

सार्वजनिक खरिद ऐेन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम परियोजनाको टेन्डर “सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम” सम्पन्‍न भएको हो

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्य र ACIL-RCPL JV को तर्फबाट अहलुवालिया कन्ट्रयाक्ट लि. का चिफ अपरेटिङ अफिसर अरुण सहईले हस्ताक्षर गर्नुभएको थियो ।

हस्ताक्षर कार्यक्रममा परामर्शदाता CPWD का प्रतिनिधि तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालय एवं ACIL-RCPL JV काअधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.