दर्शकको मन जित्दै ‘रेलको बाटो–२’ सिंहदरबार (भिडियो सहित)

काठमाण्डौ । रेलको बाटो गीतका गायक सुरज पण्डितको रेलको बाटो–२ सिंहदरबार गीत सार्वजनिक भएको छ ।

गीतको सिर्जना एवं संगीत संयोजन, गायन सुरज पण्डित स्वयंको रहेको छ । पृष्ठभूमिको आवाज राधिका कठायतको रहेको छ । भिडियो तर्फ सुरज पण्डित र अस्मिता सुनार (जुरेली)को अभिनय रहेको छ । गीतको भिडियो निशान पौडेलले खिचेका हुन् ।

‘सुरज पण्डित’ आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको निर्देशन लक्ष्मण सुनारले गरेका हुन् भने सम्पादन पदम सुवेदीले गरेका हुन् ।

दार्चुलामा सुटिङ गरिएको गीतमा समाजका भोगाई र दुरदराजका पीडा, राजनीतिक नेतृत्वको लाचारपनाको यर्थाथ चित्रण गरिएको छ । पश्चिम नेपालको परिवेशबाट देशका दुरदराजका कथा एकै स्वरमा गीतमा समेटिएको छ । गीतको भिडियो यतिखेर टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल छ । धेरैले रुचाएका छन् ।

गीतमा सामाजिक, राजनीतिक अवस्थाको रुपान्तरण हुन नसकेको र दुरदराजको आर्थिक, सामाजिक अवस्था परिवर्तन जनतामुखी हुन नसकेको परिवेशलाई चोटिलो व्यंग्य कसिएको छ । गाउँगाउँमा सिंहदरबार आएको भनिएपनि त्यसको वास्तविक महसुस लक्षित जनताले पाउन नसकिएको यर्थाथलाई गीतमा समेटिएको छ ।

 

गीतको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.