सेवा घर धुलिखेलमा पत्रकार बजगाईको जन्मदिन

धुलिखेल । मानव कल्याण समाज सेवा घर धुलिखेलमा पत्रकार नवराज बजगाईले असहायहरु सँग जन्मदिन मनाएका छ्न । हरेक वर्ष आफ्नो जन्मदिनको अबसर पारेर पत्रकार बजगाईले मानव कल्याण समाज सेवा घर धुलिखेललाई सहयोग गर्ने गरेका छन । आज आफ्नो जन्म दिनको अबसरमा पत्रकार बजगाईले ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न र लत्ता कपडाहरु हस्तान्तरण गरेका हुन ।

पत्रकार बजगाईले सेवा घरमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसंगै खाद्यान्न र लत्ता कपडाहरु सहयोग गर्नुभएको हो । धेरै सहयोग गर्न नसकेपनि जे जती सकियो त्यती सहयोग गर्दा समाजका अरु ब्यक्तीले पनि देखेर सामाजिक कार्यमा लाग्न सक्ने भन्दै आफुले प्रत्येक जन्मोत्सव र एनिभर्सरी यसरी नै सामाजिक कार्य गरी मनाउने गरेको पत्रकार बजगाईले बताउनुभयो । आफुलाई जन्मदिने बुबा आमा नभएपनि सेवा घरमा रहेका बृद्धबृद्धालाई भेट्दा बुबा आमाको न्यास्रो मेटिनुका साथै मातृ प्रेमको आभास मिल्ने गरेको उहाँको भनाइ थियो । असहायको साथ र बृद्धबृद्धालाई सम्मान गर्दा उनिहरुको मार्गदर्शनले जीवनलाई सहि निर्देश गर्ने भएकाले मन्दिर गएर पूजा गर्नु भन्दा आश्रममा रहेकाहरुलाई सहयोग गर्दा बढी धर्म र कर्तव्य निर्वाह हुने हुदाँ आफुले सकेको सहयोग जारी राख्ने बजगाईले बताउनुभयो ।

पत्रकार बजगाईले सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठलाई चामल, आटा, दाल, तेल, नुन, जिरा मसला, चिनी, चियापती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, फलफुल, जुस, बिस्कुटसहित खाद्यान्न र लत्ता कपडाहरु हस्तान्तरण गर्नुभएको हो । सामग्री बुझ्दै सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठले यस्ता सहयोगी कै कारण सेवा घर असाहयको साहारा बन्न सकेको बताउनु भयो । सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य पिडितहरुको सेवाको लागि ५ वर्षअधि मानव कल्याण समाजको शाखा कार्यालय घुलिखेलमा खुलेको थियो । जहाँ सडक तथा सार्वजनिक स्थलमा कष्टकर जिवन बिताउन बाध्य भएकालाई उद्धार गरी व्यवस्थापन गर्ने गरिएको मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले बताउनु भयो ।

पत्रकार बजगाई नव क्षितिज साप्ताहिकका प्रकाशक/प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक , पत्रकार महासंघ काभ्रे र प्रेस चौतारी काभ्रेका सल्लाहकार समेत रहेका छन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.