काभ्रे आएर रविले भने- ‘अब माला बनाउँछु!’

बनेपा । राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले मोह, लोभ सुखभन्दा माथि उठेर देशलाई एक सुन्दर माला बनाउने बताएका छन् ।
हरेक क्षेत्रका सक्षम योग्य व्यक्तिहरूलाई पार्टीमा स्थान दिँई देशलाई समृद्ध बनाउने बताए । देशलाई अहिलेसम्मको राजनीतिक दलले निर्माण गरेको सरकारले एक आपसमा मिलेर सत्ताको फाइदा लिनेतर्फ मात्रै ध्यान दिएको आरोप लगाए । पत्रकारिताको क्षेत्रबाट राजनीतिमा होमिएका लामिछाने यतिखेर पार्टी संगठन निर्माणको लागि देश दौडाहामा छन् ।
यसपालिको संसदिय चुनावमा आफू र सम्बद्ध दललाई मतदान गरेर जिताएमा अहिलेका आमाबुबाले पछुताएजस्तो गरी आगामी पुस्ताले पढताउनु नपर्ने लामिछानेले दावी गरे । उनले अहिलेको नेताको योगदानलाई स-सम्मान गर्दै सल्लाहकार बनेर युवा नेतृत्वलाई सहयोग गर्न आग्रह गरे ।
राजानन्द मान्डव्य भेलालाई सम्बोधन गर्दै
कार्यक्रममा भर्खरै सम्पन्न निर्वाचनमा बनेपा नगरपालिका उम्मेद्वारी दिएका युवा अभियन्ता राजानन्द माण्डव्यले स्वतन्त्रहरू एकजुट भइ अघि बढ्नुपर्ने बताए । विगतमा आफूले स्वतन्त्र नामसँग मात्रै आपत्ति रहेको भएपनि मूलभूत सिद्दान्तमा कहिल्यै विरोध नरहेको बताए ।  माण्डव्यले आफू राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी चुनावमा सहभागी हुने संकेत समेत गरे । माण्डव्यलाई कार्यक्रममा उपस्थित व्यक्तिहरूले तालि बजाएर भव्य स्वागत गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेलामा उपस्थितहरू
कार्यक्रम पछिको बन्दसत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला, स्थानीय तह कार्यसमिति समेत गठन गरिएको छ । आज साउन २३ गते भएको जिल्ला भेलामा काभ्रेको बनेपाको पार्टी भेन्युमा भएको भेलामा प्रवक्ता मुकुल ढकाल, प्रविन ढकाल, पार्टी सदस्यका आकांक्षी, शुभचिन्तक एवं काभ्रेबासी, पार्टीका केन्द्रिय सदस्यहरू,  लगायतका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.