तीज गीत ‘फरिया भिजायो’ बजारमा

काठमाडौं । वर्ष २०७९ मा तीजको संगालो अन्तर्गत नयाँ तीज गीत ‘फरिया भिजायो’ बजारमा आएको छ । उदिराम खड्काको शब्द लेखन रहेको गीतमा बिमा खड्का र निर्मला पुलामीले आवाज भरेका छन् । गीत बबरमहल स्थित रिमा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको भिडियोमा चाहाना राना मगर र लेलिया विश्वकर्माले सुन्दर अभिनय गरेका छन् । गीतको भिडियो मिराज अर्यालले खिचेका हुन् भने गीतको निर्देशन उदिराज खड्काले नै गरेका हुन् । सत्यवती मिडियाले निर्माण गरेको फरिया भिजायो गीत ‘सत्यवती फिल्मस्’को आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतकी गायिका बिर्मा खड्काले जानकारी दिइन् ।

गायिका खड्का मौलिक भाकामा गितहरु गाउने गर्दछिन, देश बिदेशमा इस्टेज शो हरु गर्दै आयकी बिर्मा खड्का ल मौलिक तिज गित बजारमा लियर आयकी छन । आफ्नो परिवार नै कला क्षेत्रमा सक्रिय रहेको गायिका खड्कालृे काभ्रेपोष्टलाई बताइन् । बिर्माका श्रीमानको लय तथा शब्द र निर्देशन अनि जेठो छोरो बिबेक खड्का को कोरियोग्रफीमा यो गीत निर्माण भएको हो । यस अघि तिज गित “ढल्की नाचौला “प्यारो माइतिघर’ भजन गित “जय दुर्गाभवानी “ बजारमा आइसकेका छन् । सानै देखिको गीत संगीत क्षेत्रमा लगाव रहेको र आफू संघर्ष गर्दै यस क्षेत्रलाई धर्मकर्म मानी अगाडि बढिरहेको गायिका खड्का बताउछिन् ।

 

गीतको पूरा भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.