कोअपरेटिभ म्यानेजर्स क्लव दोस्रो वर्षमा

बनेपा ।  जिल्लामा रहेका सहकारीका व्यवस्थापकहरूको छातासंगठन ’कोअपरेटिभ म्यानेजर्स क्लव’ दोस्रो वर्षमा प्रवेश गरेको छ । क्लवले पहिलो वर्षको समीक्षा गर्दै बनेपा नगरपालिका भित्र रहेका सहकारी संस्थाका व्यवस्थापकहरुको अभिमुखी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष दिलिप शर्माले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष शर्माले क्लबले उद्देश्य अनुरुपका कार्यकम ल्याएमा जिल्ला सहकारी संघ सधै सहयोग गर्न तयार रहेको बताए । साथै संघको नवनिर्मित भवन निर्माण भएपश्चात क्लबको कार्यालय सञ्चालन गर्न संघले एक कोठा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम क्लबका अध्यक्ष मदन वस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले क्लबले सहकारी संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता विकास तालिम प्रदान गर्दै आएको बताए । उनले सहकारी क्षेत्रका विषयगत संघहरु, जिल्ला सहकारी संघ, सहकारी बैंक र अन्य संघसंस्थाहरुसँगको सहयोग र सहकार्यमा कार्यक्रम गर्दै लाने बताए । कार्यक्रममा जिल्ला भित्र रहेका सहकारी संस्थाहरुमा देखिएका समस्या र समाधानका विषयमा छलफल गरिएको थियो । क्लवले पहिलो चरणमा बनेपा नगरपालिकाभित्रका सहकारी संस्थाहरुको प्रमुख व्यवस्थापकबिच अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको थियो । क्लबले जिल्लाका अन्य स्थानीय तह पाँचखाल, नमोबुद्ध र पनौतीमा रहेका सहकारी संस्थामा समेत अभिमुखीकरण कार्यक्रम गर्दै लाने क्लबको योजना रहेको छ ।

को अपरेटिभ मेनेजर्स क्लब काभ्रेमा हालसम्म ५५ जना सदस्यहरु आवद्ध भएका छन् । कार्यक्रम क्लवका सचिव ठाकुरनाथ अधिकारीले संचालन गरेका थिए भने उपाध्यक्ष गोपाल प्रसाद दाहालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम गौतम भिलेज रिसोर्टमा सम्पन्न भएको थियो । संस्थाका व्यवस्थापकहरुको अभिमुखी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष दिलिप शर्माले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष शर्माले क्लबले उद्देश्य अनुरुपका कार्यकम ल्याएमा जिल्ला सहकारी संघ सधै सहयोग गर्न तयार रहेको बताए । साथै संघको नवनिर्मित भवन निर्माण भएपश्चात क्लबको कार्यालय सञ्चालन गर्न संघले एक कोठा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम क्लबका अध्यक्ष मदन वस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले क्लबले सहकारी संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता विकास तालिम प्रदान गर्दै आएको बताए ।

उनले सहकारी क्षेत्रका विषयगत संघहरु, जिल्ला सहकारी संघ, सहकारी बैंक र अन्य संघसंस्थाहरुसँगको सहयोग र सहकार्यमा कार्यक्रम गर्दै लाने बताए । कार्यक्रममा जिल्ला भित्र रहेका सहकारी संस्थाहरुमा देखिएका समस्या र समाधानका विषयमा छलफल गरिएको थियो । क्लवले पहिलो चरणमा बनेपा नगरपालिकाभित्रका सहकारी संस्थाहरुको प्रमुख व्यवस्थापकबिच अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको थियो । क्लबले जिल्लाका अन्य स्थानीय तह पाँचखाल, नमोबुद्ध र पनौतीमा रहेका सहकारी संस्थामा समेत अभिमुखीकरण कार्यक्रम गर्दै लाने क्लबको योजना रहेको छ । को अपरेटिभ मेनेजर्स क्लब काभ्रेमा हालसम्म ५५ जना सदस्यहरु आवद्ध भएका छन् । कार्यक्रम क्लवका सचिव ठाकुरनाथ अधिकारीले संचालन गरेका थिए भने उपाध्यक्ष गोपाल प्रसाद दाहालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम गौतम भिलेज रिसोर्टमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.