युएम साकोसको समापन कार्यक्रम: गरुड सहकारीसँग एकीकरणको प्रस्ताव

उत्पादनमूलक क्षेत्रमा सहकारीले लगानी गर्नुपर्छ : जिसस प्रमुख गौतम

बनेपा । बनेपा-१० पुलबजारमा मुख्य कार्यालय रहेको युएम बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमको आयोजना गरी संस्थाका नवनिर्वाचित पदाधिकारीहरूलाई खादा प्रमाणपत्र सहित जिम्मेवारी हस्तान्तरण गरेको छ ।

 

संस्थाले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक कार्यक्षेत्र रही ९ वटा सेवा केन्द्रबाट सेवा प्रवाह गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रे प्रमुख दिपक कुमार गौतमले उत्पादनमुलक क्षेत्रमा सहकारीले लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

 

प्रमुख गौतमले विश्वका अन्य मुलुकमा १० प्रतिशत भन्दा कम जनशक्ति कृषिमा आवद्ध भएपनि कृषिमा आत्म निर्भर रहेको तर नेपालमा ६० प्रतिशत भन्दा ज्यादा जनशक्ति कृषिमा आवद्ध भएपनि आत्मनिर्भर हुन नसक्नु दु:खद रहेको बताउनुभयो । कृषि र उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु सहकारी संस्था लागि पर्नुपर्ने प्रमुख गौतले आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै काभ्रे जिल्ला बचत संघका अध्यक्ष जितेन्द्र नकर्मीले सहकारीहरू स्वस्थ प्रतिस्पर्धामा लाग्नुपर्ने बताउँदै सहकारी अभियान सफल बनाउन मिडियाको समेत ठुलो भुमिका रहने बताउनुभयो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस चौतारी काभ्रेका सल्लाहकार नवराज बजगाईले सहकारी संस्थाले आर्थिक उपार्जनमा सहयोग पुग्ने गरी समुन्नत समाज बन्न भुमिका खेल्नुपर्ने बताउनुभयो । त्यसै गरी कार्यकर्ममा प्रेस युनियनका अध्यक्ष सक्रिय सञ्चारकर्मी नगेन्द्र अधिकारीले सहकारी संस्थाले समाजमा पुर्याउन सक्ने सकारातमक भुमिकाकाो सन्दर्भमा चर्चा गर्नुभयो ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रुसन श्रेष्ठले सहकारीले बनेपा १० पुलबजारमा अवस्थित गरुड सहकारीसँग एकीकरणको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । संस्थाका निवर्तमान अध्यक्ष रामशरण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संस्थाका सञ्चालक समितिका सदस्यहरू, रामहरि ढुंगाना लगायत कर्मचारीहरू,  काभ्रे जिल्लामा सक्रिय सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रम संस्थाकी मानव संशाधन तथा सदस्य परामर्श विभाग प्रमुख चण्डीका वागलेले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लक्ष्मी नारायण श्रेष्ठ सहितको समितिलाई कर्मचारीहरूले खादा ओडाएर सम्मान गेरका थिए । त्यसैगरी संस्थाले निवर्तमान अध्यक्ष रामशरण श्रेष्ठलाई प्रमुख सल्लाहकारको रुपमा लिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रुसन श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.