प्रदिप रोकाको दशैं गीत ‘नमुछ टीका थालीमा’

 

काठमाडौँ । चर्चित गायक प्रदिप प्रदिप रोकाको दशैं गीत ‘नमुछ टीका थालीमा’ सार्वजनिक भएको छ ।

 

गीतमा रोक्कासँगै चर्चित गायिका प्रतिमा अर्याल र अनिल कार्कीले स्वर भरेका छन् । गायक प्रदिप रोक्काको शब्दभित्र टहल्ने गीतमा संगीत अनिल कार्कीको रहेको छ ।

 

नारायण दंगालको एरेन्ज र नरेन्द्र वियोगीको मिक्समा निर्माण गरिएको गीत वेभ स्टुडियोमा रेकर्ड गरिएको निर्माता ‘प्रदिप रोका’ले जानकारी दिए ।

बाध्यताले विदेशिनु परेको र दशैं परिवारसँगै मनाउन नपाउदाको मार्मिक विषयलाई गीतमा समेटिएको छ ।

 

गीतको भिडियोमा प्रदिप रोक्का, रितु तामाङ, शोभा कुँवर र सिजापतिको मुख्य भुमिका रहेको छ ।

 

सन्तोष तिमल्सिनाको छायाँङ्कनमा निर्माण भएको गीत रंग एवं सम्पादन कपेश विश्वकर्माले गरेका छन् । आरभ प्रडक्सनको ब्यानरमा निर्माण भएको भिडियोको परिकल्पना, कथा र निर्देशन गायक रोक्काले नै गरेका छन् ।

 

गीत ‘प्रदिप रोका’ आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

 गीतको भिडियोः 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.