दशैं गीत ‘गाउँघरै रमाइलो’ सार्वजनिक

काठमाडौं । राजेश ढकालको प्रस्तुतिमा नयाँ दशैं गीत गाउँघरै रमाइलो सार्वजनिक भएको छ । गीतमा गायक राजेश ढकाल र बाल गायिका आयुषा गौतमले स्वर भरेका छन् ।

 

गीतको शब्द लेखन र संगीत सर्जक राजेश ढकालले नै गरेका हुन् । संगीत संयोजन विष्णु तामाङको रहेको गीत शंकरा स्टुडियोमा सागर पुनले गीतको रेकर्ड गरेका हुन् ।

 

नेपालीहरुको महान् चाड दशैं, तिहार केन्द्रित रहेर गाउँघर रमाइलो हुन्छ भन्ने भावना गीतले बोकेको छ । गीतमा गाउँका प्राकृतिक दृश्यका साथमा चाडपर्व बाल्यकालमा नै रमाइलो हुने यर्थाथ गीतले बोलेको छ ।

 

त्यसैगरी गीतको भिडियोमा पशुपति दहाल, राजेश ढकाल, आयुषा गौतम, माधुरी सापकोटा र प्रतिक लामिछानको मुख्य भुमिका रहेको छ ।

 

गीतमा स्वस्तिका सापकोटा र विकास तामाङले नृत्य गरेका छन् । भिडियोको छायांकन एवं निर्देशन विराज फुयाँलले गरेका हुन् ।

 

दिवाकर खतिवडाको व्यवस्थापनमा निर्माण भएको भिडियोमा मेकअप पुनम चौधरीकोे रहेको छ ।

 

‘गाउँघरै रमाइलो’ गीत ‘राजेश ढकाल’ आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको ढकालले जानकारी दिए ।

गीतको भिडियोः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.