चुनावी घरदैलोमा समाजसेवी कुँवर

बनेपा । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिदै जाँदा चुनावी सरगर्मी बढ्दै गएको छ । चुनावमा आफ्नो गतिलो प्रस्तुति दिन उम्मेद्वार, राजनीतिक दल र नेता कार्यकर्ताहरू चुनावी एजेन्डासहित जनताको घरदैलो कार्यक्रममा लागेका छन् ।

यसैबिच भुम्लु गाउँपालिकामा जन्मिएका समाजसेवी तारा बहादुर कुँवर काभ्रेपलाञ्चोक प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा २ (क) बाट लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

आगामी चुनावमा आफूले जित हाँसिल गरेमा बागमती प्रदेशको आर्थिक, सामाजिक र भौतिक बिकासमा आमुल परिवर्तन गर्न भूमिका खेली देश कै नमुना प्रदेश बनाउने दाबी कुँवरको रहेको छ । कुँवर व्यवसायी, लेखक, समाजसेवासँगै राजनीतिमा समेत होमिएका छन् ।

कुँवरले घरदैलोमा जनताको आर्थिक उन्नतिलाई पहिलो प्राथमिकतामा राखी काम गर्ने बताउँछन् । काभ्रेपलाञ्चोक प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा २ (क) मा नेकपा एमालेका उम्मेद्वार कुमार खकुरेल र बाम लोकतान्त्रिक सत्ता गठबन्धनबाट लक्ष्मण लम्साल  चुनावी प्रतिस्पर्धामा छन् ।

घरदैलो कार्यक्रममा मतदातासँग उम्मेद्वार कुँवर

समाजसेवाबाट राजनीतिमा होमिएका कुँवरलाई थुप्रै अवसर र चुनौती रहेको छ । आफ्नो प्रदेश सभा निर्वाचन क्षेत्र अन्तर्गतका भुगोलहरूमा जनता समक्ष कुँवर आफ्नो प्रतिबद्धता र अठोट पत्र सहित निर्वाचनमा कसिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.