जिल्लामै पहिलो पटक साइकल प्रतियोगिता बागमतीमा

बनेपा । बनेपा नगरपालिका वडा नं. ८ मा अवस्थित बागमती अङ्ग्रेजी विद्यालयले अन्तर सदन साइकल प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यालयले वर्षेनी दसैं र तिहारको बिचको समयमा विद्यार्थीहरुलाई खेलकुदमा सक्रिय बनाउन र खेलकुदबाट सिक्न सिकाउन खेल सप्ताहको आयोजना गर्दै आएको विद्यालयका प्राधानाध्यापक दिपेन्द्र बहादुर विष्टले बताउनुभयो ।

उक्त प्रतियोगिता काभ्रे जिल्लामा पहिलो पटक आयोजना गरिएको विद्यालयले जनाएको छ ।

साइकल प्रतियोगितामा ३१ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगी विद्यार्थीहरुमध्ये उत्कृष्ट एलेक्स शाही प्रथम, द्वितिय सम्बन्धन दाहाल र विशाल तामाङ तृतीय हुन सफल भएको प्र.अ. विष्टले जानकारी दिनुभयो ।

बनेपाको मुटुमा अवस्थित विद्यालयले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.