बागमती प्रदेश सरकारको खानेपानी मन्त्रीमा लामा

हेटौंडा । नेपाली कांग्रेस काभ्रेका सभापति एवं प्रदेश सभा सदस्य तिर्थ लामा बागमती सरकारको खानेपानी, उर्जा तथा सिंचाई मन्त्री नियुक्त भएका छन् ।

आइतबार बाग्मती प्रदेश सरकार विस्तार हुँदा लामाले सो मन्त्रालयको जिम्मेवारी पाएका हुन् । लामाले आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितीमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासंग सपथ लिएका छन् ।

२०७९ सालमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नंं.१ (ख) बाट बिजयी भएका लामा  नेपाली कांग्रेसको  काभ्रे जिल्ला सभापति हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.