अर्थतन्त्र सुधारका निम्ति नवप्रवर्धन आवश्यक छः महावीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन अनुसन्धान नवप्रवर्धन र आविष्कारमा सरकार उदासीन रहेको भन्दै धर्नामा छन् ।

देशको अर्थतन्त्र सुधारका निम्ति आविष्कार हुन जरुरी रहेको पुनको दाबी छ । सांसदहरुले कानून बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताए ।

उनले अरु हेर्ने विभाग भएपनि अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग नभएको भन्दै उनले आफ्ना माग पूरा नभएसम्म धर्ना सशक्त रुपमा जारी रहने बताए ।

उनले सबै नेताहरु आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसदमा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गरे । उनले नेताहरुले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको खाँचो रहेको प्रस्ट्याएका छन् ।

उनले आफूले यो आन्दोलन मनलाग्दी रुपमा नल्याएको र निचोडमा पुगेरै छोड्ने बताए । अर्थतन्त्र सुधारका निम्ति देशमै नवप्रवर्धन एवं आविष्कार हुनुपर्ने पुनको दाबी छ । पुनको यस अभियानमा युवा जमात एवं राजनैतिक दलहरुसमेत खुलैरे लागेका छन् ।

पुनले वार्षिक निकासा हुने विकास बजेटको कम्तीमा १ प्रतिशत आविष्कार र नवप्रवर्धनका निम्ति छु्ट्याएर आविष्कारका निम्ति कानुन निर्माण गर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.