काठमाडौं । ​​​​​​​नेकपा एमालेका संघीय प्रणाली देशहितमा नभएको भन्दै पुनरावलोकन गर्नुपर्ने मत अघि प्रस्तु गरिएको छ ।

एमालेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यद्वय गोकुल बास्कोटा र महेश बस्नेतले संघीयतासम्बन्धी पार्टीको नीति पुनरावलोकन गर्नुपर्ने मत अघि सारेका हुन् ।संघीय प्रणाली देशहितमा नभएको भन्दै पार्टीले अब नयाँ दृष्टिकोण बनाएर जानुपर्नेमा उनीहरूले जोड दिए ।

सामाजिक सञ्जालमा बारम्बार संघीयता खारेजीको आवाज उठाइरहेका बास्कोटाले पार्टीमा भने पहिलोचोटि जोडदाररुपमा उक्त कुरा  उठाएका हुन् । जनमानसमा नै संघीयताप्रति वितृष्णा उब्जिएकाले पार्टीले अब संघीयताको विपक्षमा आफूलाई उभ्याउनुपर्ने उनको तर्क  थियो ।

अर्का नेता बस्नेतले पनि जनभावनालाई बुझेर पार्टीले आफ्नो दृष्टिकोण सच्याउनुपर्ने बेला आएको बताए । संघीयताले देशको व्ययभार बढाएको तर उपलब्धी केही नदिएको उनको दाबी छ ।

संघीयताको मर्म अनुसार काम हुन नसक्दा संघीय प्रणाली नेपालमा प्रभावकारी बन्न सकेको छैन ।