कनेक्ट आइपिएस सिफारिसमा नगद बोनस

काठमाण्डौं । नेपाल क्लियरिङ हाउसको उत्पादन connect IPS सिफारिसमा नगद बोनस पाइने भएको छ । योजना अन्तर्गत कम्पनीले ‘रिफर अ फ्रेन्ड’ नामक योजना ल्याएको छ ।
कम्पनीले प्रयोगकर्तालाई आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आइपिएसमा रजिस्टर हुन सिफारिस गर्दा बोनस नगद प्रदान गर्ने योजना ल्याएको जनाएको छ ।

योजनाअनुसार जेठ १ गतेदेखि असार ३१ गतेसम्म सिफारिस गर्नेले २५ रुपैयाँ बैंक खातामा र जसले सिफारिस प्राप्त गरेको छ, उसले २५ रुपैयाँ मोबाइल टपअपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

अफरको फाइदा लिन सिफारिस गर्नेले साथी तथा आफन्तलाई आफ्नो रिफरल कोड दिनुपर्ने जनाइएको छ ।

सिफारिस प्राप्त गर्नेले कनेक्ट आइपिएसमा नयाँ युजर रजिस्टर गर्दा उक्त रिफरल कोड प्रयोग गर्नुपर्ने हुन्छ । नयाँ युजरले रजिस्टर गर्दा रिफरल कोड राखेर एकपटक आफ्नो मोबाइल नम्बर र इमेल आइडी भेरिफाई गरेपछि दुवैले २५ रुपैयाँका दरले बैंक खातामा तथा मोबाइल टपअपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कनेक्ट आइपिएसले वेबमार्फत प्रतिकारोबार प्रतिदिन २० लाख रुपैयाँसम्म र मोबाइल एपमार्फत कारोबार गर्दा प्रति कारोबार २ लाख सम्म रकमान्तर (भुक्तानी) गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.