डिस मिडिया नेटवर्क आईपीओ निष्काशनको तयारीमा

काठमाडौं । डिस मिडिया नेटवर्क प्रा.लि. आइपीओ निष्काशनको तयारीमा जुटेको छ । सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति माग्न कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेको हो ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको हो ।

कम्पनीको गत चैत २० गते बसेको विशेष साधारण सभाले कम्पनीको पूँजी वृद्धि गर्न सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले डिरेक्ट टु होम (डीटीएच) मार्फत टेलिभिजन सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१० मा सेटलाइट च्यानल प्रालि र डिम मिडिया नेटवर्क प्रालि मर्ज भएर डिस मिडिया नेटवर्क भएको थियो । सन् २०१७ जुलाई २ मा कम्पनी पब्लिक कम्पनीमा परिणत भएको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले असार १२ गते धितोपत्र बोर्डमा आईपीओ निष्काशनको लागि अनुमति माग्दै आवेदन दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.