जोखिममा सञ्चारको महत्व सम्बन्धी अभिमुखीकरण तथा छलफल कार्यक्रम सम्पन्न

बनेपा । जोखिम तथा विपद्को समयमा जनतालाई कसरी सुसूचित गर्ने विषयमा पत्रकारसँग छलफल गरिएको छ ।

बनेपा नगरपालिकाको आयोजनामा जोखिम सम्बन्धी अभिमुखीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले वर्षाको समयमा गत वर्षमा जस्तै डेंगु लगायतका रोगका संक्रमण बढ्ने जोखिम रहेकोले सही सूचना सम्प्रेषण गर्न उपस्थित सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बनेपा नगरपालिका उप–प्रमुख बिमला सापकोटाले चौपायामा महामारीको रुपमा फैलिएको लम्पी स्किन निराकरणका लागि नगरपालिका अघि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा बनेपा नगरपालिका स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतोले सूचनाको सही सञ्चार हुन सक्दा आमजनता सुसूचित भई विपद र जोखिम न्यूनीकरणमा भूमिका खेल्ने बताउनुभयो । महतोले सूचनाको प्रवाह र महत्वको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

लम्पी स्किन संक्रमित पशुबाट पशुमा सर्ने तर मानिसमा नसर्ने हुँदा ढुक्क भएको दुधको उपभोग गर्न सकिने  बनेपा नगरपालिका पशु शाखा प्रमुख रामसुन्दर सापककोटाले जानकारी दिनुभयो ।

बनेपा नगरपालिका सभा हलमा भएको कार्यक्रमको सञ्चालन बनेपा नगरपालिका स्वास्थ्य शाखा अधिकृत सीता भट्टराई श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा बनेपा वडा नंं ५ का वडाध्यक्ष बलराम अधिकारी, बनेपा नगरपालिका राजस्व अधिकृत धुर्वराज नेपाल, जिल्लामा सक्रिय सञ्चारकर्मी, बनेपा नगरपालिकाका कर्मचारीहरू एवं सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.