नेपाल टेलिकमले ल्यायो समर अफर, पुरानै दरमा सुविधा थप

काठमाडौं । नेपाल टेलिकमले समर अफर सार्वजनिक गरेको छ । अफरमा सेवाग्राहीको रुचि र चाहना अनुसार केही नयाँ प्याकेज सहितका अफर उपलब्ध गराइएको छ ।

नयाँ अफर अन्तर्गत अल टाइम डेटा प्याकको रूपमा कम्पनीका ग्राहकले ५०० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी प्राप्त गर्न सकिनेछ । त्यस्तै ८०० रुपैयाँमा २५ जीबी डेटा उपलब्ध भइरहेकोमा अब ३५ जीबी डेटा प्याक उपलब्ध हुनेछ ।

यसैगरी प्रिपेड सस्तो कम्बो प्याक अन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, दुई जीबी डेटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा दुई जीबीबाट बढाएर ४ जीबी डेटा उपलब्ध हुनेछ ।

सजिलो अनलिमिटेड ७९९ प्याक अन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुनेछ ।

कम्पनीले ३० दिनसम्म प्रयोग गर्न सकिने विभिन्न दरका प्याकेज उपलब्ध हुने जनाएको छ ।

समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1# डायल गरि सेवा सुचारु गर्न सकिने टेलिकमले जनाएको छ ।


कम्पनीको ‘नेपाल टेलिकम’ एप साथै आधिकारिक वेभसाइट नेपाल टेलिकमको आधिकारिक वेभसाइट बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिनेछ ।

टेलिकमले यसको साथै एफटिटीएच, नमस्ते वाइफाई, सियुजी लगायतका भ्वाइस तथा डाटा प्याकेजहरुलाई थप आकर्षक बनाएको जनाएको छ ।

जारी अफर असार २९ गतेबाट लागु भएको टेलिकमले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.