१५ सय घरधुरीलाई व्ल्याङकेट वितरण

नमोबुद्ध । नमोबुद्द नगरपालिका वडा नं. १ स्थित ठाङ्गु टासी ह्याङ्चे गुम्बाका सस्थापक गुरु ठाङ्गु रेन्पोछेको स्मृतिमा नमोबुद्ध वडा नम्वर १ र ११ का १५०० घरधुरीलाई व्लयाङ्केट (कम्वल) वितरण गरिएको छ ।

गुरु रेन्पोछेको सिघ्र पुनर्जन्म होस् भन्ने कामना सहित उहाँको स्मृतिमा उक्त दान गरिएको गुम्वाका सचिव दोर्जे टासी लामाले जानकारी दिनुभयो । गुरु रेन्पोछेको ९१ वर्षको उमेरमा जेठ २१ गते परिनिर्वाणा (देहावसान) भएको थियो ।

कम्वल वितरण गर्दै प्रमुख कुनसाङ लामाले शोकलाई पनि सामाजिक कार्यमा जोडिएको भन्दै प्रसंशा गरे ।

कम्वल वितरण कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरि प्रसाद शर्मा, वडा नं. १ का अध्यक्ष प्रेमबहादुर तामाङ, वडा नं. ११ का अध्यक्ष कृष्णबहादुर तामाङ, नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा नं.१ का पुर्व अध्यक्ष कर्मग्याल्वो लामा, वडा नं १ र ११ का वडा सदस्यहरु ठाङ्गु टासी ह्याङ्चे गुम्वाका पदाधिकारी, सहयोगी र स्थानीयहरुको उल्लेख्य उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.