हिमालय फ्रेण्ड ई. भी. जर्मनीको सहयोगमा निशुल्क पोशाक र स्टेशनरी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.२५ स्थित श्री कृष्णमन्दिर आधारभूत बिद्यालयमा पढ्ने बाल कक्षा देखि कक्षा ५ सम्मका भाइबहिनीहरुलाई निशुल्क स्कुल पोशाक र वर्षै भरीलाई पुग्ने गरि कापी, पेन्सिल इरेजर बितरण गरिएको छ।

बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि उक्त सामाग्री हस्तान्तरण गरिएको हो। Himalay friends e.V. संस्थाका प्रतिनिधि प्रसान्तराज रेग्मीको उपस्थितिमा सामाग्री बितरण एवं हस्तान्तरण गरिएको थियो।

<script async src=”https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-4257411541717580″ crossorigin=”anonymous”></script> <!– 100 –> <ins class=”adsbygoogle” style=”display:block” data-ad-client=”ca-pub-4257411541717580″ data-ad-slot=”1183053990″ data-ad-format=”auto” data-full-width-responsive=”true”></ins> <script> (adsbygoogle = window.adsbygoogle || []).push({}); </script>

कार्यक्रममा रेग्मीले बिगत २ -३ वर्ष देखि बिद्यालयमा अध्ययनरत बिद्यार्थी भाइबहिनीहरुलाई आवसश्यकताको आधारमा बिद्यालय अभिभावकहरुको मागमा आवश्यक सामाग्री सहयोग गर्दै आएको बताउनुभयो।

सहरी क्षेत्रमा भएको सरकारी स्कुल भएता पनि अधिकाम्स बालबालिकाहरु ग्रामिण क्षेत्रबाट काठमाडौं आइ बसोवास गर्ने अभिभावकका बालबालिकाहरु पढने भएकाले संस्थाको प्राथमिकतामा यो बिद्यालय परेको बताउनुभयो।

बिद्यालयलयलाई आवश्यक सहयोग आगामी वर्षहरुमा निरंतरता रहने बताउदै रेग्मीले बिद्यालयको भौतिक संरचना राम्रो बनाइदिन स्थानीय निकायलाई आग्रह गर्नुभयो।

कार्यक्रममा काठमाडौं महानगरपालिका-२५ का वडाध्यक्ष राजेश डङोलले आफ्नो वडामा रहेको बिद्यालयलाई प्राथमिकतामा राखेर बिद्यालयमा अध्ययनरत भाइबहिनीहरुलाई स्कुल पोशाक र स्टेसनरी उपलब्ध गराउनुभएकोमा हिमाल फ्रेन्ड ई. भी. जर्मनी संस्था प्रती हार्दिक आभार व्यक्त गर्नुभयो।

बिद्यालयको भौतिक सुधार, शैक्षिक सुधारमा वडाको तर्फबाट गर्न सकिने आवश्यक सहयोग उपलब्ध गराउन आफू लागि पर्ने अध्यक्ष डङोलले बताउनु भयो।

कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा बिभागका प्रतिनिधि स्रोत ब्यक्ति यमनाथ चौलागाईंले सामुदायिक बिद्यालयमा दातृ निकायका संस्थाहरुले स्रोत जुटाएर निशुल्क स्कुल पोशाक, वर्षै भरीलाई पुग्ने गरि स्टेशननरी उपलब्ध गराउनुभएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्नुभयो।

शान्ति शिक्षा मन्दिर स्रोत केद्र अन्तर्गत रहेका आधारभूत बिद्यालयमा श्री कृष्णमन्दिर आधारभूत उत्कृष्ट बिद्यालय भित्र रहेको बताउनु भयो। उपलब्ध स्रोत साधनलाई अधिकतम उपयोग गर्दै यस बिद्यालयले भर्ना दर वृद्धि, शैक्षिक गुणस्तरमा वृद्धि गर्दै अभिभावकहरुको मन जित्न सफल रहेको बताउनु भयो।

अब सामुदायिक बिद्यालयहरुले सीप संग शिक्षाका कार्यक्रमलाई जोडदै किताबी शिक्षा भन्दा पनि सीप मुलक गरिखाने शिक्षामा जोड दिदै जानुपर्ने बताउनुभयो।

कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष अन्जना मास्के श्रेष्ठले यस बिद्यालयमा पढने बालबालिकालाई प्राथमिकतामा राखेर हिमालय फ्रेन्ड ई.भी. जर्मनी संस्थाले बिगत देखि वर्तमान सम्ममा पुर्याउनु भएको सहयोगको मुक्तकण्ठले प्रसंशा गर्नुभयो।

आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा बिद्यालयले राखेको बताउदै संस्था प्रती हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्नुभयो।

पोशाक स्टेसनरी बितरण कार्यक्रममा बि.ब्य.स. सदस्यहरू, सल्लाहकार, स्थानीय जनप्रतिनिधि अभिभावकहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.