चौंरीदेउराली वडा–वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै

चौंरीदेउराली । चौंरीदेउराली गाउँपालिकाले वडा–वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले एक सूचना जारी गर्दै साउन १६ गतेदेखि साउन २१ गतेसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्ने उल्लेख गरेका हुन् ।

आ.व. २०७९÷०८० को चौथो त्रैमासिक सुरक्षा भत्ता लाभग्राहीलाई भुक्तानी गर्दा अनिवार्य सामाजिक सुरक्षा परिचयपत्र नवीकरण भएको हुनुपर्ने लामाले बताएका छन् ।

गाउँपालिकाले लाभग्राहीहरूले नवीकरण गरेको सामाजिक सुरक्षा परिचयपत्र, नागरिकताको फोटोकपी र चेक सहित वितरण स्थानमा तथा आफूलाई पायक पर्ने कुमारी बैंकको शाखाहरूबाट सामाजिक सुरक्षा भत्ता लिनुहुन सरोकारवालाहरूलाई जानकारी गराएको छ ।

गाउँपालिकाले आ.व. २०८०÷०८१ मा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण अवधि साउन १ गतेदेखि भदौ ३१ गते सम्म मात्र भएको जनाएको छ । समय अवधि भित्र नवीकरण नभएमा स्वतः लगत कट्टा हुने र नयाँ लाभग्राही सरह पुनः निवेदन दिई प्रक्रिया अगाडी बढाउनु पर्ने गाउँपालिकाले जनाएको छ ।

लाभग्राहीहरूले नवीकरण नभई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न वञ्चित नहोस् भनी आ.व. २०७९÷०८० को चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई भुक्तानी गर्दा अनिवार्य सामाजिक सुरक्षा परिचयपत्र नवीकरण भएको हुनुपर्ने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.