बागमती प्रदेशमा १ हजार ५९५ दरबन्दी स्वीकृत

हेटौंडा । बागमती प्रदेश सरकारले १ हजार ५ सय ९५ दरबन्दी स्वीकृत गरेको छ । आज बसेको बागमती प्रदेश सरकारको मन्त्री परिषदको बैठकले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

मन्त्री परिषद बैठकले दुई कर्मचारीलाई ११ औँ तह (प्रदेश सचिव) मा बढुवा गर्ने समेत निर्णय गरेको छ । स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय गरिएको हो ।

यसैगरी बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.