एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’

काठमाडौं । एनसेलले ‘बिन्दास डेटा प्याक’ ल्याएको छ । ग्राहकले जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि ५ घण्टाको अनलिमिटेड डेटा प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ । प्रयोगको समयमा आधारित आकर्षक अफर ‘बिन्दास डेटा प्याक’ मार्फत ग्राहक लाभान्वित हुन सक्ने दाबी कम्पनीको छ ।

एनसेलका ग्राहकहरूले सजिलैसँग कर सहित रु. ७५ मा यो प्याक लिन सक्छन् । प्याकको समयावधि ३ दिनको रहेको छ । यसको अर्थ, ग्राहकहरूले कुनै डेटा भोल्युम सीमाबिना ३ दिनसम्म कुल ५ घण्टाको लागि अनलिमिटेड डेटा सेवा पाउँछन् ।

ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ३ ह्यास डायल गरि यो प्याकलिन सक्छन् । त्यसैगरी एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याकलिन सकिने एनसेल आयजियाटा लिमिटेडले जनाएको छ ।

सुलभ दरमा निश्चित अवधिक ालागि डेटा सेवा आवश्यक रहेका ग्राहकहरुका लागि यो बिन्दास डेटा प्याक उत्तम विकल्प हुने एनसेलले जनाएको छ । हालै मात्र, कम्पनीले बिन्दस भ्वाइस प्याक पनि ल्याएको छ जसम ग्राहकहरूले कर सहितमात्र रु.२५ मा १२ घण्टा (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्छन् ।

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनीहो । सन् २००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवाप्रदानगर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्नाग्राहक र साझेदारहरूलाई लाभप्रदान गर्न अनवरत रूपमाकामगर्दै आएको छ ।

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिकमोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवाप्रदानगरिरहेको छ ।
उच्चगतिको मोबाइलब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवाप्रदानगरिरहेको छ । यसले नयाँअवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको दाबी गर्छ । यद्यपी एनसेल सरकारलार्इ बुझाउनु पर्ने राजस्वको विषयमा भने नेपाल सरकारसँग पटकपटक टसल पर्दै आएको छ ।


एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये भएको दाबी गर्छ । स्थापनादेखि गत आर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथा अन्यशुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको जनाएको छ । त्यसैगरी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.