पहिरोमा परी ६ बेपत्ता एकको मृत्यु

मकवानपुर जिल्ला बागमती गाउपालिका वडा नं. ५ सिक्रेदोभानमा गएको पहिरोमा पुरिएर काभ्रे जिल्लाका १ जनाको मृत्यु भएको छ ।

पहिरोमा परि ५ जना बेपत्ता भएका छन । पहिरोले ७ जना पुरेकोमा ६ जना काभ्रेका छन भने १ जना सिन्धुलीका भएको जनाइएको छ ।

खानीखोला गाउपालिका वडा नं. ५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानका अनुसार बागमती गाउपालिका वडा नं. ५ सिक्रेदोभानमा बस्दै आएका खानिखोला वडा नं. ५ का स्याङतान परिवारका ६ जना र बाँकी एकजना सिन्धुली जिल्लाका रहेका छन् ।

बेपत्ता हुनेमा अक्कल बहादुर स्याङान, सञ्चमाया स्याङतान, छोरी शिला स्याङतान, ज्वाई जीवन पहरी, २ बर्षिय तेज पहरी र १ बर्षिय देब्याणी पहरि छन्। उनीहरुको खोजतलासको क्रममा सञ्चमाया स्याङतान गम्भिर घाईते अवस्थामा फेला परेको र भोर्लेनीस्थित एक मेडिकलमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

बाँकी वेपत्ताहरुको खोजीकार्य भईरहेको छ । वडा अध्यक्ष स्याङतानका अनुसार सोही घटनामा परी सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नं. १ कोक्तीका पाल्साङ घिसिङ समेत पहिरोमा परी वेपत्ता भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.