काभ्रेका शरद ‘मेरो भ्वाइस युनिभर्स’ फिनालेमा

उनी भन्छन् ‘धेरै माया देखाइदिनुहुनेछ भन्नेमा विश्वस्त छु’

बनेपा । ‘मेरो भ्वाइस युनिभर्स’ को प्लेटर्फममा आफ्नो जादुमय कला पस्किरहेका कुशादेवीका शरद हुमागाईंलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । हुमागाईंलाई शुक्रबार गृह जिल्ला काभ्रेपलाञ्चोकमा विभिन्न सरकारी निकायका प्रतिनिधि, राजनीतिज्ञ, सञ्चारकर्मी, शुभचिन्तक एवं स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।

त्यसैगरि हुमागाईंलाई उपाधि जिताउन थालिएको अभियानलाई थप सशक्त बनाउन शनिबार बिहान बनेपामा पत्रकार सम्मेलन समेत आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै हुमागाईले दर्शकको अपार माया र साथको कारण आफू टप ५ मा फाइनलिस्ट हुन सफल भएको बताए ।

सबैले माया र साथ दिएर आफूलाई मेरो भ्वाइस युनिभर्समा विजयी बन्न सहयोग गर्नुहुन्छ भन्नेमा आफू विस्वस्त रहेको हुमागाईंले बताएका छन् ।

विश्वभर छरिएर रहेका नेपाली र नेपाली सांगितिक पारखीबिच लोकप्रिय भएका हुमागाईं काभ्रेको पनौती नगरपालिका वडा नं. २ कुशादेवीलाई प्रतिनिधित्व गर्दै ‘मेरो भ्वाइस युनिभर्स’ को ग्राण्ड फिनालेमा प्रवेश गरेका छन् । शरद दोस्रो लोकप्रिय मतसँगै फाइनालिस्टमा आफूलाई सुरक्षित गर्न सफल भएका हुन् ।

इन्ट्रा–नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउण्डेशस अमेरिकाको आयोजनामा भएको ‘मेरो भ्वाइस युनिभर्स’ नेपाल टेलिभिजनबाट प्रत्येक बुधबार र बिहीबार प्रशारण भइरहेको छ । कार्यक्रमको ग्रान्ड फिनाले आगामी भाद्र २ गते ललितपुर गोदावरी स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा साँझ ५ बजेदेखि हुने जनाइएको छ ।

एलन श्रेष्ठ निर्देशित ’मेरो भ्वाइस युनिभर्स’ र ’मेरो डान्स युनिभर्स’ को एकै दिन फाइनल हुँदैछ । विजेताले १ करोड जित्नेछन् । साथै द्वितीय हुनेले ३० लाख, त्यस्तै तृतीय हुनेले २० लाख नगदसहित सम्मान पाउने इन्ट्रा–नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउण्डेशस अमेरिकाले जनाएको छ ।

पनौती–२ कुशादेवीका हुमागाईले विश्वका ५२ देशबाट छनौट भएका प्रतिस्पिर्धिहरु संग प्रतिस्पर्धा गर्दै मेरो भ्वाईस युर्निभसको ग्रान्ड फिनाले चरणमा आइपुगेका हुन् । मेरो भ्वाईस युर्निभसको अन्तिम चरणमा प्रवेश गरेका उनलाई विजयी बनाउन मतदान गर्नुपर्ने हुन्छ ।

संघर्षलाई सधैँ आत्मसाथ गर्दै आएका शरदले गीत संगीतका कुनै कक्षा लिएका थिएनन । तर यतिबेला उनको आवाजले धमाका मच्चाउँदा सबै काभ्रेलीको शिर उच्च भएको छ । टप ५ सम्म आइपुगेका हुमागाईलाई मेरो भ्वाईस युर्निभसको विजेता बनाउनका लागि भोट गर्नु पर्ने हुन्छ ।

जसका लागि प्ले स्टोरबाट My Intra एप डाउनलोड गरी आफ्नो गछले भ्याएसम्मको मतदात गर्न सकिन्छ वा मेरो भ्वाइस युनिभर्स भोटिङ  वेभपेज बाट समेत मतदान गर्न सकिन्छ । आफूलाई माया गरेर भोट हालिदिनु हुन शरदले सम्पूर्णलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.