शरद हुमागाईं

काभ्रेका शरद ‘मेरो भ्वाइस युनिभर्स’ फिनालेमा

उनी भन्छन् ‘धेरै माया देखाइदिनुहुनेछ भन्नेमा विश्वस्त छु’

बनेपा । ‘मेरो भ्वाइस युनिभर्स’ को प्लेटर्फममा आफ्नो जादुमय कला पस्किरहेका कुशादेवीका शरद हुमागाईंलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । हुमागाईंलाई शुक्रबार गृह जिल्ला काभ्रेपलाञ्चोकमा विभिन्न सरकारी निकायका प्रतिनिधि, राजनीतिज्ञ, सञ्चारकर्मी, शुभचिन्तक एवं स्थानीयहरुले भव्य स्वागत गरेका थिए । त्यसैगरि हुमागाईंलाई उपाधि जिताउन थालिएको अभियानलाई थप सशक्त बनाउन...