शरदलाई टप ५ मा पुऱ्याउन भोलि २ बजे सम्म मतदान गर्न सकिने

बनेपा । यतिबेला सांगितिक क्षेत्रमा काभ्रेपलाञ्चोकका २२ वर्षिय ठिटोले हंगामा मञ्चाइ रहेका छन । उनी हुन, शरद हुमागाई । ‘मेरो भ्वाइस युनिभर्स’को प्लेटफर्ममा आफ्नो जादुमय सांगितिक कला पस्किरहेका शरद काभ्रेको पनौती वडा नं. २ कुशादेवीलाई प्रतिनिधित्व गर्दै अगाडि बढिरहेका छन् ।

पनौती २ कुशादेवीका हुमागाईले विश्वका ५२ देशबाट छनौट भएका प्रतिस्पिर्धिहरु संग प्रतिस्पर्दा गर्दै मेरो भ्वाईस युर्निभसमा टप ६ मा आइपुगेका छन । सँगै यसै हप्ता ‘बेस्ट पर्फमर अफ दि विक’ बन्न सफल भएका छन् ।

मेरो भ्वाईस युर्निभसमा ६ औँ स्थान पक्का बनाएका उनलाई आगामी यात्राका लागि मतदान गर्नु पर्ने हुन्छ । शरद गीत संगीतमा मात्र नभई पढाइ र खेलकुदमा पनि उत्तिकै राम्रो मानिन्छन् । उनले लिलावती नेशनल एकेडेमीबाट आफ्नो प्रारम्भीक शिक्षा प्राप्त गरे र उनी त्यहांको एउटा नमुना विद्यार्थीको रुपमा परिचित छन् । उनी अहिले बनेपामा रहेको एउटा कलेजमा विसिएको पाँचौँ समेस्टरमा अध्ययन गरिरहेका छन् । शरद त्यहाको उत्कृष्ट विद्यार्थी पनि हुन् ।

संघर्षलाई सधैँ आत्मसाथ गर्दै आएका शरदले गीत संगितका कुनै कक्षा लिएका थिएनन । तर यतिबेला उनको आवाजले धमाका मच्चाउँदा सबै काभ्रेलीको शिर उच्च भएको छ ।

टप ६ सम्म आइपुगेका हुमागाईलाई मेरो भ्वाईस युर्निभसमा जिताउँनका लागि भोट गर्नु पर्ने हुन्छ । उनलाई टप ५ मा पुऱ्याउन भोली आइतबार दिउसो २ बजे सम्म भोट गर्नु पर्ने हुन्छ ।

जसका लागि प्ले स्टोरबाट My Intra एप डाउनलोड गरी वा फ्री, भोटदेखि आफ्नो गक्षेले भ्याएसम्मको मतदात गर्न सकिन्छ वा

मेरो भ्वाइस युनिभर्स भोटिङ वेभपेज बाट समेत मतदान गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.