‘फूलमाया’ लिएर आए सापकोटा र फुयाँल

बनेपा । पछिल्लो समय उत्कृष्ट गायन क्षमता प्रस्तुत गर्दै आएका गायक रामकुमार सापकोटा र रेनुका फुयाँलको काँठे लोकदोहोरी गीत ‘फूलमाया’ सार्वजनिक भएको छ । युवा पुस्ताका प्रेम भाव पस्कने गीतको शब्द एवं लय गायक/सर्जक स्वयं सापकोटाले सिर्जना गरेका हुन् ।

गीत गायक रामकुमार सापकोटा, नवराज फुयाँल र गायिका सिर्जना श्रेष्ठ र रेनुका फुयाँलको  सुन्दर आवाजमा सजिएको छ । गीतको रेकर्ड म्युजिक सिटी स्टुडियोमा गरिएको हो ।

गीतको भिडियो काठमाडौं तारकेश्वर नगरपालिकामा छायांकन गरिएको गायक नवराज फुयाँलले जानकारी दिए । मिलन श्रेष्ठ निर्दशित गीतको भिडियोमा मोडल राजाराम सिम्खडा र आशिका खातीले सुन्दर अभिनय/नृत्य गरेका छन् । भिडियोको छायांकन विशाल गोंगवाले गरेका हुन् । शृङ्गार उर्मिला लामाको रहेको छ । सँगै गीतको भिडियोमा सम्पादन र कलर भर्ने कार्य रोशन धितालले गरेका छन् ।

आगामी दिनमा अझ निखारिएका सिर्जनाहरू प्रस्तुति पस्कदै जाने गीतका गायक गायिका बताउँछन् । गायक रामकुमार सापकोटाको यसअघि ‘मसाने’, ४० कटेसी रमाउँला’ गीत चर्चित हुन सफल भएका थिए ।

सर्जक एवं गायक रामकुमार सापकोटाको ‘फूलमाया’ गीत ‘मेनुका डिजिटल’ को आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । छोटो समयमा नै गीतलाई दर्शकस्रोताको माया मिलेको छ ।

गीतको भिडियो हेर्न तल दिइएको भिडियो वा मेनुका डिजिटल युट्युब च्यानल मार्फत हेर्न सक्नुहुनेछ ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.