अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे

नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै गएका छन् अमेरिकाका सम्पूर्ण NRNA । विभिबाध्यता, रोजगारीको अवसरको अभाव, देशको तत्कालीन द्वन्द्व, अस्थिर राजनीति लगायतका अनेकौँ दुख भोगेका नेपाली दाजुभाइ-दिदीबहिनी र आमाबुबाहरू नेपालमा नभएता पनि नेपालको सान-मान, भाषा-संस्कृति नेपालीपनलाई विश्वसामु चिनाउन अग्रसर हुनुहुन्छ ।

संयुक्त राज्य अमेरिकामा नेपाली डायस्पोराको फैलावट अत्यन्तै तीव्र गतिमा भएको देखिन्छ। डायस्पोराभित्र मान्छेको सङ्ख्या मात्र नभएर उसको मौलिक पहिचान पनि पर्ने हुनाले बोली, भाषा, खानेकुरा, लगाउने कपडा, मान्ने चाडपर्व, चालचलन, परम्परा, संस्कृति, संस्कार आदि धेरै कुरा पर्दछन्। नेपाली स्थायी अस्थायी रूपमा अमेरिकामा बसोबास गर्न थालेको लामो समय भएको छ तर पनि नेपालीले आफ्नो मातृभूमीको मायाँ बुलेका छैनन जसको ज्वलन्त उदाहरण हो यहाँँ सम्पन्न भएको कार्यक्रम त्यो पनि अत्यन्तै भव्य र सभ्य । नेपालीको प्रतिस्ठालाई यो कार्यक्रमले अँजै नयाँँ उचाइमा पुर्‍याएको छ ।

गैर आवासिय नेपालीहरुको भावनासँग जोडिएको अमेरिकाको एउटा कार्यक्रम नेपाल पेड डे हजारौ नेपालीहरुको सहभागितामा भब्य रुपमा सम्पन्न भएको छ । क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरमा हजारौ नेपालीहरुको सहभागितामा नेपाली कला संस्कृति झल्कने झाँकीसहित अप्रिल १४ तारिखका दिन नेपाल परेड कार्यक्रम भव्यताका साथ सम्पन्न भएको गैर आवासीय नेपाली संघ एनआएनए अमेरिका पश्चिम क्षेत्रीय अध्यक्ष बिष्णु के.सि.(खत्री)ले जानकारी दिनु भएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् अमेरिका, क्यालिफोर्निया च्याप्टर, नेपाल आदिवासी जनजाती महासंघ, क्यालिफोर्नियाको लगायत सानफ्रान्सिस्कोमा सक्रिय संघसंस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि ऋषि पी ढकाल-महाविद्या दुत, विशिष्ठ अथिति अर्जुन बन्जाडे अध्यक्ष एनआरएनए एनसिसी, अथिथिहरुमा अजय भुटोरिया, राष्ट्रपति बिडेन एशियाई अमेरिकी सल्लाहकार, सिनेटर स्कट विनर, ल्यारी क्लेन, सनीभेल मेयर, Carmen Montano, Milpitas, क्यालिफोर्निया मेयर, मेयर एडुआर्डो, रिचमण्ड, क्यालिफोर्निया मेयर, आरोन पेस्किन, सान फ्रान्सिस्कोको शहर र काउन्टी पर्यवेक्षकको सरकारी बोर्ड, नेपालका पूर्व क्रिकेट कप्तान, नेपाल क्रिकेट संघ–क्यानका सचिव पारस खड्का लगायतले कार्यक्रममा नेपाली नया बर्षको शुभकामना सहित आफ्ना भनाईहरु राख्नु भएको थियो ।

कार्यक्रममा हजारौ नेपालीहरु आफ्नो भेषभुषासहित सहभागि रहेका थिए भने क्यालिफोर्निया सुधार र पुनर्वास विभाग CSP- Sacramento डिभिजन टोली पनि कार्यक्रममा सहभागी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.