विजयादशमी टिकाको उत्तम साइत ११ः०२ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आउँदै गरेको नेपालीहरुको महान् चाड दशैंको शुभ साइत सार्वजनिक गरेको छ । समितिले विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको जनाएको छ । यही असोज २८ गतेदेखि बडादशैं सुरु हुँदैछ । समितिले असोज २८ गते बिहान ११ः२९ बजे घटस्थापना गर्ने उत्तम साइत रहेको जानकारी दिएको छ ।

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने भनिएको छ । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत उत्तम रहेको समितिले जनाएको छ ।

गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादसैँ सुरु हुँदैछ । कात्तिक पहिलो साता बडादसैँको मुख्य दिनअर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.