आवर स्ट्याण्डर्ड साकोसको ११ औं वार्षिक साधारण सभा सम्पन्न

बनेपा । बनेपा स्थित आवर स्ट्याण्डर्ड बचत तथा ऋण सहकारी संस्था लि. को एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभा बागमती प्रदेश बचत तथा ऋण सहकारी सघं लि. (प्रोस्कुन) का अध्यक्ष उद्धव सापकोटाको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष रत्नकुश रंजितकारको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा विभिन्न सहकारीकर्मी, सामाजिक अभियन्ता, सहकारीका सञ्चालक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाले विभिन्न शीर्षकमा बचत तथा कर्जामा उत्कृष्ट सदस्य तथा समाजलाई विभिन्न क्षेत्रबाट योगदान दिने व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा सेयर सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो । सदस्यहरूको उल्लेख्य उपस्थितिले सहकारी प्रतिको विश्वास र सद्भाव झल्किएको संस्थाका प्रबन्धक राजाराम घोरासाइनेले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.