दक्षिण ललितपुरका प्रमुख सडक ५ वर्षभित्र कालोपत्रे सम्पन्न गर्छौँ ‌: पौडेल

नमनडाँडा, ललितपुर । बागमती प्रदेश सभा सदस्य ललितपुर क्षेत्र नं. १(क) सांसद मधुसुदन पौडेलले दक्षिण ललितपुर भित्रका प्रमुख सडकहरु ५ वर्षे कार्यकालमा कालोपत्रे गरिसक्ने प्रतिबध्दता जनाएका छन् । महाङ्काल गाउँपालिका वडा नं. ५ स्थित श्री सरस्वती विद्याश्रम माध्यमिकको स्वर्ण जयन्तीको सभालाई सम्बोधन गर्दै सांसद पौडेलले यस्तो बताएका हुन् ।

कालेश्वर च्याम्राङवेशीको मोटरबाटो सुधार गर्नेसँगै टुहुन खोला करिडोर, फापरबारहुँदै धरान चतरा जोड्ने मोटरबाटोको रुपमा विकास गर्नेगरि काम भइरहेको पौडेलले बताए ।

३ दिने स्वर्ण महोत्सवको दोस्रो दोस्रो दिनका प्रमुख अतिथि पौडेलले ग्रामीण क्षेत्रमा सडक, शिक्षा लगायतका पूर्वाधारमा राज्यको लगानी भइ पुर्वाधार निर्माण हुने तर यहाँ जनतालाइ टिकाउन सकिएन भने त्यसको अर्थ नहुने बताए ।

यस क्षेत्रका उत्पादन चिया कफी खेतिलाई बढोत्तरी गर्ने र स्थानीय स्तरमा रोजगारीको सिर्जना हुने अवस्था भयो भने मात्र सडक लगायतका पुर्वाधार बनाएको सार्थकता हुने बताए ।

सरस्वती विद्यालयको भौतिक र शैक्षिक उन्नयनका लागि आफूहरू यथासम्भव सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयाल, नेकपा एमाले ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्य, महांकाल गाउँपालिका अध्यक्ष गणेश केसी, उपाध्यक्ष डोल्मा माया गोले, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, गाउँपालिका १ देखि ६ नं. वडाका वडाध्यक्ष हरू, महांकाल गाउँपालिका कार्यपालिका सदस्यहरू, बागमती गाउँपालिका वडा नं. ७ अध्यक्ष, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, विशिष्ट व्यक्तित्वहरू, स्थानीय, विद्यार्थी, शिक्षक एवम सरोकारवालाहरूको सहभागिताबिच दोस्रो दिनको कार्यक्रम स्थगित भएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय कुमार दाहालको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण प्रअ रमेश प्रसाद घिमिरेको सञ्चालनमा भएको थियो ।

कार्यक्रममा कल्पना दाहाल, प्रदिप रोका लगायतका कलाकारहरुले सांगितिक माहौल सिर्जना गरेका थिए । यस क्षेत्रको सडक स्तरोन्नती गर्न कलाकारहरुले गीतबाटै स्थानिय जनप्रतिनिधिहरूलाइ सुझाएका थिए ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.